सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हावाहुरीले कैलाली–कञ्चनपुरमा १५ सय हेक्टरमा लगाएको केरा नष्ट

बिहिबार आएको हावाहुरीका कारण कैलाली र कञ्चनपुरका किसानको व्यवसाय चौपट भएको छ। किसानले लगाएको केरा खेतीमा ९५ प्रतिशत क्षती भएको अनुमान गरिएको छ भने पोल्ट्री क्षेत्रमा पनि ५० प्रतिशत भन्दा बढि क्षती भएको छ।
जिल्लाको गोदावरी नगरपालिकामा ९६ लाख बढिको लगानीमा एग्रिकल्चर फर्म सञ्चालन गरेका कञ्चनपुरका गजेन्द्र शाहीले पोल्ट्री व्यवसाय पनि सुरुवात गरेका छन्। तर बिहिबार साझको हावाहुरीले फार्महरुमा पूर्ण क्षती पुगेको शाहीले बताए। बेमौसमी तरकारी खेतीका लागि निर्माण गरिएको नेट हाउस हावाले उडाएको छ। एक करोड ६ लाख भन्दा बढिको क्षती भएको दावी मञ्जरी एग्रिकल्चरका सञ्चालनक शाहीको रहेको छ।

शाहीको फर्म उहारण मात्र हो। कैलाली र कञ्चनपुरमा सञ्चालनमा रहका धेरै कृषि फार्महरुमा हावाहुरीले क्षती पुगाएको छ। गोदावरी क्षेत्रमा रहेका अन्य फार्महरुमा पनि क्षती भएको छ। हावाका कारण कृषि फर्मका लागि निर्माण भएका भौतिक संरचना तथा लगाएको तरकारहरुमा क्षती भएको हो। पोल्टी व्यवसायमा लगभग ५० प्रतिशतको हाराहारीमा क्षती भएको व्यवसायिहरुको दावी छ। पेल्ट्री व्यवसायिका ह्याचरी उद्योग, कुखुरा फार्ममा गरि झण्डै ६ करोडको क्षती भएको कुखुरा तथा अण्डा उत्पादन किसान संघ कैलालीका अध्यक्ष भुमन पाण्डेयले बताए।

कैलाली–कञ्चनपुरका पाँच सय बढि किसानले लगाएको केरा खेती पनि ९५ प्रतिशत प्रतिशत नष्ट भएको छ। हावाहुरीका कारण केराका बोटहरु नष्ट भएका हुन्। कैलाली–कञ्चनपुरमा एक हजार ५ सय हेक्टर क्षेत्रफलमा केरा खेती हुदै आएको अनुमान गरिएकोमा ९५ प्रतिशतमा क्षती भएको दावी गरिएको हो। केरामा भएको क्षतीको मुल्याङकन नभएपनि व्यवसाय चौपट भएको केरा व्यवसायी संघका अध्यक्ष सुरेन्द्र चौधरीले जनाए।

कृषि क्षेत्रमा भएको क्षतीको तथ्याङक संकलनमा स्थानीय तह र प्रहरी लागेका छन्। प्रदेश सरकारलाई हावाहुरीमा भएको क्षतीको विवरण आएपछि मात्र किसानलाई राहात के कती दिने भन्ने बिषयमा निर्णय हुने प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। गत बर्ष किसानलाई राहात दिन नसकेको स्मण गर्दै प्रदेशको कृषि मन्त्रालयले यो पटकको हावाहुरीबाट किसानहरुको भएको क्षतीको क्षतीपूर्ति दिने मन्त्रालयको कृषि महाशाखा प्रमुख यज्ञराज जोशीले बताए।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.