सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विराटसँग बिहेपछि अनुष्काले किन छाेडिन फिल्म

बलिउडमा आफ्नै बलबुतामा पहिचान बनाउने अभिनेत्रीमा गनिन्छिन्, अनुष्का शर्मा। ‘जब तक है जान’, ‘पीके’, ‘सुल्तान’, ‘संजू’ लगायत थुप्रै हिट फिल्ममा उनले काम गरेकी छिन्।

तर, हिजोआज उनी फिल्मभन्दा पनि श्रीमान् विराट कोहलीसँग खिचिएका फोटोका कारण चर्चामा रहन्छिन्। उनी फिल्मबाट टाढिएको देखेर धेरैले उनले अभिनयबाट सन्न्यास लिएको अनुमान लगाएका छन्।

बिहेपछि अभिनय करिअर छोड्ने कतिपय अभिनेत्रीकै बाटो उनले पनि समातेको धेरैको अनुमान छ। तर, यसबारे उनले मुख खोलेकी छिन्। ‘अभिनयबाट सन्न्यास लिने मेरो सोच छैन,’ उनले एक अन्तर्वार्तामा भनेकी छिन्, ‘तीन वर्षयता म धेरै व्यस्त भएँ। पछिल्लो समय मैले निर्वाह गरेका भूमिका एकदमै चुनौतीपूर्ण थिए। तिनका लागि मैले निकै मेहनत गर्नुपर्‍यो।

त्यसैले अहिले ब्रेकमा छु।’ सन् २०१८ मा अनुष्काका ‘परी’, ‘सुई धागा’, ‘संजू’ र ‘जिरो’ फिल्म आएका थिए। ‘परी’ खासै चलेन, ‘सुई धागा’ दर्शकले मन पराए। प्रशस्त चर्चा बटुलेको फिल्म ‘जिरो’ले भने राम्रो प्रदर्शन गर्न सकेन।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.