सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पानीजहाज कार्यालय खुल्यो, के आउला त नेपाली पानीजहाज ?

काठमाण्डौ – नेपालमा पानीजहाज आउने र नेपालको झण्डा भएको पानीजहाज समुद्रमा चल्ने टुंगो नभए पनि पानीजहाजको कार्यालय भने खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहने कार्यालयमा सहसचिव नेतृत्वमा १६ कर्मचारीको दरबन्दी छ । पानीजहाज चलाउनु पहिले आवश्यक गृहकार्य गर्नुपर्ने भएकाले कार्यालय स्थापना र कर्मचारी खटाउने काम भएको सरकारको भनाई छ ।

मन्त्रिपरिषदको पुस ३० गते बसेको बैठकले पानीजहाज कार्यालय खोल्ने र कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय गरेको थियो । पानीजहाज कार्यालयमा रहने कर्मचारीको नाम भनेअझै तय भएको छैन ।

पानीजहाज सञ्चालनबारे योजना बनाउन संलग्न जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्बासेका अनुसार भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगानदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउन थालेको छ । नेपालले पनि नारायणी नदीमा केन्द्रित भएर योजना बनाइरहेको छ ।

Mahakali Polytechnic

भारतले आफ्नो सीमाभित्रमा एक वर्षमा पूर्वाधार बनाउने र नेपालले त्यसकै सहयोगले पानीजहाज चलाउने सरकारको योजना छ । गंगा नदीबाट नारायणी नदी हुँदै नेपालसम्म आईपुग्ने गरी पानीजहाज चलाउने तयारी हो । यो पानीजहाजलाई नारायणी नदीको दासढुंगासम्मनै ल्याउन सकिने अध्ययन टोलीको ठहर छ ।

World Link Ads

३ मिटर गहिराई र ६० मिटर चौडाईको नदीमा १५ सय मेट्रिक टन भारवहन क्षमताका पानीजहाज सञ्चालन गर्न सकिने र पाँच सय टन क्षमताका पानीजहाज नेपाल आउनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

Sana Kishan

अहिले कार्यलय राख्ने, कर्मचारी खटाउने, आवश्यक गृहकार्य गर्ने सहितको कामको प्रक्रिया अगाडि बढाउनको लागि कार्यालयको स्थापना गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
पहिलो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीका राष्ट्रिय झण्डासहितका पानीजहाज महासागरमा चलाउने बताउनुभएको थियो । दोस्रो पटक प्रधानमन्त्री भएपछि उहाँले यही २०७५ को पुष १६ गते भित्र पानीजहाज सञ्चालन भइसक्ने दावी गर्नुभएको थियो ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.