सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेन्द्रनगरमा सवारी चालकले बिच सडकमै महिलालाई कुटपिट

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगर स्थित ट्राफिक चौराहामा एकजना सवारी चालकले बिच सडकमै महिलामाथि कुटपिट गरेका छन् ।

आज दिउँसो से १ ज १०९४ नम्बरको उईङगर गाडीका चालक गोकुल बोहोराले सडकमै महिलामाथि कुटपिट गरेको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक मोहनजंग बूढाथापाले जानकारी दिए ।
?
धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा भएपनि चालकले दुई सय मागेको तर महिलाले दिन नमानेपछि गालीगलौज गर्दै सवारी चालकले भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्दै धनगढीकी लक्ष्मी धनाडीलाई कुटपिट गरेको हो । कुटपिट गर्ने चालक गोकुल बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।

भिडियो सहकर्मी प्रदीप पालको

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.