सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमका लागि संघीय सरकारको बजेट: मेगासिटीदेखि उज्यालो प्रदेशसम्म

संघीय सरकारले आगामि आर्थिक वर्ष २०७६/०७७ को बजेट आज प्रस्तुत गरेको छ। विगतका बर्ष जस्तै यो बर्ष पनि सुदूरपश्चिमका अधिकासं पुरानै योजना बजेटमा अटाएका छन् भने केहि नयाँ योजना समेत परेका छन्। धनगढी र अत्तरियालाई मेगासिटीका रुपमा विकास गर्ने कार्यलाई अघि बढाउन बजेट छुट्याएको छ। दुवै शहरलाई जोडेर महानगर बनाउने चर्चा चलेको बेला मेगासिटीको योजना बजेटमा परेको हो। यस्तै धनगढीमा सिटी हल बनाउने योजना पनि बजेटमा परेको छ। 

बर्षाैदेखि बजेटमा समावेश हुँदै आएको कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र स्थापनाका लागि पनि बजेट विनियोजन भएको छ। तर बर्षाैदेखि चर्चामा रहेको तर अलिहे सम्म आधिकारिक रुपमा घोषणा समेत हुन बाँकी कैलालीको डुडेझारीमा औद्योगीक क्षेत्र बनाउने योजना भने यो बर्ष पनि बजेटमा अटाउन सकेन्। यस्तै धनगढी विमानस्थल स्तरोन्नती गर्ने बजेट वक्तव्यमा उल्लेख छ भने दार्चुलाको गोकुले, अछामको कमलबजार र डडेल्धुराको तुफानडाडामा बिमानस्थलको निर्माणको प्रक्रिया अगाडी बढाईने पनि बजेटमा उल्लेख छ। तर कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि भने बजेट विनियोजन भएको छैन्। 


महाकाली नदीमा बन्ने पुलका लागि ९० करोड विनियोजन गरिएको छ भने सुदूरपश्चिमलाई पूर्णरुपमा ‘उज्यालो’ बनाउने योजना समेत बजेटमा उल्लेख गरिएको छ। यस्तै खुटिया–दिपायल द्रुत मार्ग, रानी जमरा कुलरीया सिँचाई आयोजनाका लागि आवश्यक बजेट विनियोजन भएको बजेट भाषणमा उल्लेख छ। पश्चिम सेती जलविद्युत आयोजना समेत अगाडी बढाउने योजना उल्लेख गरिएको छ। 

 दिनेश खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.