सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

छेला औद्योगीक क्षेत्रको काम अघि बढ्यो

औद्योगीक क्षेत्र सञ्चालन गर्न नगर प्रमुख चन्दको लामो कसरत

मदन गिरी
महेन्द्रनगर ६ जेठ ।
लामो समय देखि अन्यौलमा रहेको सुदूरपश्चिमको एक मात्रै छेला औद्योगीक क्षेत्रले गति लिने भएको छ । एक वर्षबाट अवरुद्ध रहेको छेलाको कानुनी पक्रिया पुरा भएसँग औद्योगीक क्षेत्रले गति लिने भएको हो ।

वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले छेलाको गतिरोध अन्त्य भएकाले चाडैँ नै निर्माण कार्य सुरु हुने बताए । उनका अनुसार सरोकारवाला उच्च निकायसँग सबै किसिमको छलफलबाट औद्योगीक क्षेत्र स्थापनाका लागि सहमती जुटेको बताए ।
सोमबार वेदकोट नगरपालिकाले औद्योगीक क्षेत्र सञ्चालनको माग सहित पठाएको फाईल वन तथा वातावरण मन्त्री शक्ती बस्नेतले स्वीकृत गरेको छन् । मन्त्री बस्नेतको स्वीकृतिसँग ओद्योगीक क्षेत्र स्थापनाको बाटो खुलेको हो ।

मन्त्री बस्नेतले छेला औद्योगीक क्षेत्रलाई एक प्रदेश, एक औद्योगीक क्षेत्र विकास कार्यक्रम अन्र्तगत अगाडी बढाईने बताए ।
२०५२ सालबाट सुरु भएको छेला औद्योगीक क्षेत्र स्थापना कार्य विभिन्न कारणले प्रभावित हुदैँ आएको थियो ।

गत असारमा वन कार्यालयको गतल रिर्पोटका कारण उक्त कार्य अवरुद्ध भएको थियो । ‘औद्योगीक क्षेत्र स्थापनाले वातावरणमा प्रतिकुल असर पेर्ने लगायतका कारण देखाएका वन कार्यालयले गलत रिर्पोटीङका कारण रोकिएको छेला औद्योगीक क्षेत्र स्थापनाका लागि सबै क्षेत्रबाट बाटो खुलेको छ चाँडै नै बजेट निवनियोज भएर काम सुरु हुन्छ’ नगर प्रमुख चन्दले भने ।
नौ सय विघा प्रस्तावित क्षेत्रफल रहेको औद्योगीक क्षेत्र सुरुमा दुई सय ९३ बिघामा सञ्चालन गरिने छ । औद्योगीक क्षेत्र स्थापनाका लागि वेदकोट नगरपालिकाले डिपीआर समेत निर्माण गरि सकेको छ । छेला औद्योगीक क्षेत्रलाई प्रदेशकै महत्पुर्ण योजनाको रुपमा लिईएको छ । औद्योगीक क्षेत्र स्थापनाका लागि केन्द्र र प्रदेश सरकारबाट अगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने छ ।

Mahakali Polytechnic

छेला औद्योगीक क्षेत्र स्थापनाका लागि वेदकोट नगरपालिकाका नगर प्रमुख लामो समय देखि लागी परेका छन् ।
स्थानीय तहको निर्वाचनको समयमा औद्योगीक क्षेत्र सञ्चालन गर्ने मुख्य मुद्धा बनाएका नगर प्रमुख चन्दले सोही अनुसार काममा खटिएका हुन् ।
स्थानीय सरकार बनेसँगै प्रदेश केन्द्र सरकारसँग औद्योगीक क्षेत्र सञ्चालनका लागि लामो छलफल र बहस भएको बताए ।
उनले लामो समय देखि वेदकोटमा बन्ने भनिएको औद्योगीक क्षेत्रको काम अगाडी बढाउन मन्त्री तथा उच्च पदस्थ राजनितिक दलका नेतासँग छलफल गरिएको उनको भनाई छ ।
गत हप्ता काठमाडौमा रहेका नगर प्रमुख चन्दले औद्योगीक क्षेत्र स्थापनाका लागी उप प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, उद्योग मन्त्री मात्रिका यादव, वन तथा वन वातावरणमन्त्री शक्ती बस्नेत लगागत विभिन्न विभागका प्रमुखसँग लामो छलफल तथा समन्वय गरिएको छ ।
औद्योगीक क्षेत्र सञ्चालनका लागी औद्योगीक क्षेत्र बालाजु लिमिटेडसँग समेत सहमती भईसकेको नगर प्रमुख चन्दले बताए । उनका अनुसार बालाजुले अबको १५ भित्रमा औद्योगीक क्षेत्रमा स्थानीयसँग स्थलगत सार्वजनिक सुनाई गर्नेछ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.