सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कम्युनिस्टको नाममा चक्कु देखाएर जनता नतर्साऊ : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको नाममा जनतालाई चक्कु देखाएर तर्साउने काम बन्द गर्न आग्रह गरेका छन् । ४६ औं सुखानी स्मृति दिवसको अवसरमा मंगलबार झापामा आयोजित कार्यक्रममा उनले विप्लवको नाम नलिई कम्युनिस्ट पार्टीको नाममा जनतालाई तर्साउने काम बन्द गर्न आग्रह गरेका हुन् । ‘जनतालाई चक्कु देखाएर कम्यूनिष्ट पार्टीको नाम लिने काम बन्द गर्नुहोस’ उनले भने ‘म यो शहीद भूमिबाट फेरि एक पटक आह्वान गर्छु, कोही वास्तविक कम्युनिष्ट हुनुहुन्छ भने नेकपा आएर समाहित हुनुहोस् ।’

प्रधानमन्त्री ओलीले सरकारले देशै भरी विकासको माहोल ल्याएको पनि दावी गरे । ‘केही तत्वहरुले जनता भाँड्न सरकारले केही गरेन भने पनि सरकार विकास, निर्माण, सुशासनमा जिम्मेवारीपूर्वक लागि परेको हो’ उनले भने ।

प्रधानमन्त्री ओलीले झापा आन्दोलनले उठाएका र पुरा हुन बाँकी रहेका मागहरु नेकपाले पूरा गर्ने दावी गरे । ‘म यही शहीद भूमिबाट भन्न चाहन्छु तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी)को पार्टी एकता पनि सहिदका सपना पूरा गर्नका लागि भएको हो ।’

प्रधानमन्त्री ओलीले २०२९ सालमा जनताका हक अधिकारको माग गर्ने युवाहरुलाई जेल सार्ने बहानामा सुखानीमा ल्याएर गोली हानेर मारिएको स्मरण गरे । ‘म भागेर बचें नत्र त्यती बेला म पनि मारिन सक्थें’ प्रधानमन्त्री ओलीले भने ‘हामीले त्यसबेला पञ्चायतको अन्त्य र गणतन्त्र स्थापनाको माग उठाएका थियौं ।’

Mahakali Polytechnic

२०२९ साल फागुन २१ गते झापाबाट इलाम जेल सार्ने बाहनामा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, विरेन राजवंशी र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा गोली हानी हत्या गरिएको थियो ।

World Link Ads

कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी गिए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.