सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेस सभापति देउवालाई आयो आफ्नै पार्टीबाट यस्तो चुनौति, विशेष महाधिवेशनको पहल थाल्ने चेतावनी, पुरा पढेर शेयर गरौ

काठमाडौं। महासमिति बैठकले गरेको निर्णय केन्द्रीय कार्यसमितिबाट उल्टाएको भन्दै कांग्रेस जिल्ला सभापतिलेहरुले विशेष महाधिवेशनको पहल थाल्ने चेतावनी दिएका छन्।

कांग्रेसका ५६ जिल्लामा सभापतिले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै महासमिति बैठकले गरेका निर्णय कार्यान्वयन नगरे विशेष महाधिवेशनको पहल थाल्ने चेतावनी दिएका हुन्।

कांग्रेसको पुस २९ देखि माघ ९ गतेसम्म काठमाडौंमा सम्पन्न महासमिति बेठकले विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्ति लाई दोहोर्याएर अवसर नदिने सम्बन्धि व्यवस्था थप गर्ने सम्बन्धमा ऐक्यबद्धता जनाएका थिए। तर महासमिति बैठकमा सभापतिदेखि केन्द्रीय सदस्यसम्म सबै बुथ कमिटिबाटै निर्वाचित भएर आउनुपर्ने र सरकारी तथा पार्टीको पदमा आरक्षणको अवसर एकपटक मात्रै दिनुपर्ने विषयमा सहमति भएको थियो।

त्यतिबेला सभापति शेरबहादुर देउवाले सोही अनुसार केन्द्रीय समितिबाट विधान पारित गरिने बताएका थिए। तर केन्द्रीय समिति बैठकले महासमितिको सुझावलार्य बेवास्ता गर्दै बहुमतको आधारमो विधान पारित गरेको थियो। विधान पारितसम्बन्धि निर्णयमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले पक्षले फरक मत राखेको थियो।

Mahakali Polytechnic

संशोधित विमानमा केन्द्रीय सदस्यहरु पनि महाधिवेशनमा तल्लो तहबाटै चुनिएर आउनुपर्ने प्रवाधान राखेर संशोधित विधान पारित गर्न महासमिति बैठकले निर्देशन दिएको थियो।

World Link Ads

समानुपातिक समावेशीमा पनि पटक पटक एउटैलाई अवसर नदिने गरी विधान संशोधन हुनुपर्ने महासमिति बैठकको निर्देशन थियो। महासमिति बैठकले प्राप्त सुझावलाई समावेश गरी विधान पारित गर्न भनेपनि केन्द्रीय समितिमा बहुमतको आधारमा संशोधित विधान पारित गरिएको थियो।

Sana Kishan

महाधिवेशनमा केन्द्रीय नेताहरु सबै तल्लो तहबाटै चुनिने व्यवस्था नराखेपछि अब १३ औं महाधिवेशनको जस्तै केन्द्रीय सदस्यहरु स्वत महाधिवेशन प्रतिनिधि हुनेछन् र चौधौं महाधिवेशनमा केन्द्रीय नेतत्वको दाबी गर्न पाउछन्।

५६ जिल्लाका सभापतिले महासमिति भन्दा केन्द्रीय समिति ठूलो हुन नसक्ने कुरालाई पार्टी सभापतिले उपेक्षा गर्नु दुर्भाग्यपूर्ण भनेका छन्। ‘उक्त दुई विषयलाई पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको (द· न·९३) महासमिति सदस्यहरुको हस्ताक्षरलाई वेवास्ता गरी संसोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद छ,’ संयुक्त विज्ञप्तिमा नभिएको छ। .

महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यलाई केन्द्रीय समितिको पछिल्लो निर्णयले निरास बनाएको जिल्ला सभापतिहरुले निष्कर्ष निकालेका छन्। उनीहरुले पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्याउने उक्त निर्णय माथि पूनर्विचार गर्न माग गरेका छन। आफूहरुको माग पूरा नभए विशेष महाधिवेशनकालागि पहल गर्ने चेतावनी पनि दिएका छन्।

विज्ञप्ति जारी गर्ने जिल्ला समापितहरु

प्रदेश नं. १

१) लिला देवी बोखिम — ताप्लेजुंग

२) नरेन्द्र कुमार केरुङ्ग — पांचथर

३) हिमालय कर्माचार्य — ईलाम

४) उद्धव थापा — झापा

५) गोविन्द ढुंगाना — तेह्रथुम

६) नन्दमणि राई — भोजपुर

७) नरेश कुमार श्रेष्ठ — खोटांग

८) बिनोद बस्नेत — सोलुखुम्बु

९) राजिब कोइराला — सुनसरी

१ण्) डिग बहादुर लिम्बु — मोरंग

११) बिदुर बस्नेत — गाईघाट

१२) दिपेन कुमार श्रेष्ठ ) संखुवासभा

प्रदेश नं. २

१) कृष्ण देव यादव — रौतहट

२) अजय दुवेदी — पर्सा

प्रदेश नं. ३

१) उज्जल बराल — सिन्धुली

२) मधु आचार्य — काभ्रे

३) लवश्री न्यौपाने — रामेछाप

४) बिकाश लामा — सिन्धुपाल्चोक

५) जगदीश्वर नरसिंह केसी — नुवाकोट

६) दुर्लभ थापा — भक्तपुर

७) सबुज बानिया — काठमाडौँ

८) पेम्बा क्षिरिङ्ग लामा — रसुवा

९) रमेश धमला — धादिंग

१ण्) जित नारायण श्रेष्ठ — चितवन

प्रदेश नं. ४

१) बैकुण्ठ न्यौपाने — तनहुँ

२) कृष्ण केसी —कास्की

३) खम्ब गर्बुजा —म्याग्दी

४) यङ्गजीङ्ग बिष्ट —मुस्तांग

५) कुमार राणा —स्याङजा

६) बिष्णु प्रसाद लामिछाने —नवलपुर

७) भेष बहादुर पौडेल —लम्जुङ्ग

८) हरि ब घले —गोरखा

प्रदेश नं. ५

१) अर्जुन पोखरेल —परासी

२) बिर बहादुर राणा —पाल्पा

३) भुवन श्रेष्ठ —गुल्मी

४) बिष्णु प्रसाद खनाल(मुश्कान) —अर्घाखाची

५) सुरेन्द्र प्रसाद आचार्य —कपिलबस्तु

६) अम्मर प्रसाद भण्डारी — प्युठान

७) अमर सिंह पून —रोल्पा

८) केशर मान रोका —पूर्व रुकुम

९) किरण कोइराला —बाँके

१ण्) संजय गौतम — बर्दिया

प्रदेश नं. ६

१) खड्ग बहादुर शाही — मुगु

२) दिप बहादुर शाही —जुम्ला

३) हर्ष बहादुर बम —कालिकोट

४) कृष्ण कुमार बिसी — दैलेख

५) कमल राज रेग्मी —सुर्खेत

६) प्रेम प्रकाश ओली —पश्चिम रुकुम

७) गणेश बहादुर चन्द —सल्यान

८) दिपक जंग शाही — जाजरकोट

९) जयपति रोकाया —हुम्ला

१ण्) अंगत बुढा —डोल्पा

प्रदेश नं. ७

१) कर्ण बहादुर मल्ल —डडेल्धुरा

२) ललित सिंह बोहरा —दार्चुला

३) नरेन्द्र सिंह थापा —बैतडी

४) हर्क जंग बहादुर सिंह —बझांङ्ग

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.