काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको १२ वर्षे कार्यकालमा विदेश भ्रमणका क्रममा ९ अर्बभन्दा बढी खर्च भएको तथ्य सार्वजनिक भएको छ। यस अवधिमा मोदीले विश्वका ८१ देशमा १८३ पटक विदेश यात्रा गरेका छन्।
प्रधानमन्त्री बनेपछि मोदीले विभिन्न देशसँग कूटनीतिक सम्बन्ध विस्तार, द्विपक्षीय सहकार्य, व्यापार तथा लगानी प्रवर्द्धन र अन्तर्राष्ट्रिय मञ्चमा भारतको उपस्थिति बलियो बनाउने उद्देश्यसहित निरन्तर विदेश भ्रमण गर्दै आएका छन्।
१२ वर्षको अवधिमा ८१ देशमा १८३ पटक भ्रमण गर्दा भएको ९ अर्बभन्दा बढीको खर्चले भारतीय प्रधानमन्त्रीको विदेश भ्रमणलाई पुनः चर्चामा ल्याएको छ।
मोदीको विदेश भ्रमणको संख्या र त्यसमा भएको खर्चलाई लिएर विभिन्न चासो तथा बहससमेत हुन थालेका छन्। एकातर्फ विदेश भ्रमणले भारतको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग पुर्याएको विषय उठिरहेको छ भने अर्कोतर्फ यति ठूलो रकम खर्च हुनुको औचित्यबारे पनि प्रश्न उठ्न थालेका छन्।










Discussion about this post