Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वाग्लेको अभिव्यक्तिले राजनीति तात्यो, रविको भारत भ्रमण चर्चामा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ९, २०८३
वाग्लेको अभिव्यक्तिले राजनीति तात्यो, रविको भारत भ्रमण चर्चामा
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा दिएको अभिव्यक्तिलाई लिएर नेपाली राजनीतिमा बहस चर्किएको छ। भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग समाप्त भएको उनको भनाइप्रति विभिन्न राजनीतिक दलका नेता तथा राजनीतिक विश्लेषकहरूले आपत्ति जनाएका छन्। यसैबीच, रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण पनि राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।

तीनदिने भारत भ्रमणका क्रममा एनडीटीभी वर्ल्ड समिट २०२६ मा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, भौगोलिक तथा सांस्कृतिक रूपमा गहिरो रहेको बताएका थिए। उनले नेपालमा विगतमा भारतविरोधी भावनासँग राष्ट्रवादलाई जोडेर हेर्ने गरिएको भए पनि अब त्यस्तो समय समाप्त भएको उल्लेख गरेका थिए। नयाँ सरकारले भारतसँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै नयाँ उचाइमा पुर्‍याउन चाहेको उनको भनाइ थियो।

वाग्लेको अभिव्यक्तिपछि पूर्वपरराष्ट्रमन्त्री एवं राप्रपा नेता कमल थापा, नेकपा एमालेका नेता गोकुल बाँस्कोटा तथा सीमा अभियन्ता रतन भण्डारीले आलोचना गरेका छन्। उनीहरूले राष्ट्रिय हित, सार्वभौमिकता र सीमा विवादका विषयमा उठाइने आवाजलाई भारतविरोधी राष्ट्रवादका रूपमा व्याख्या गर्न नहुने धारणा राखेका छन्।

पूर्वपरराष्ट्रमन्त्री थापाले वाग्लेको अभिव्यक्तिलाई नेपाली राष्ट्रियताको अवमूल्यन भएको टिप्पणी गर्दै सरकारको आधिकारिक धारणा माग गरेका छन्। नेपालले भारतसँग समानता र सम्मानमा आधारित सम्बन्ध चाहेको उल्लेख गर्दै उनले सीमा अतिक्रमण, डुबान र नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रिय हितको रक्षा भएको बताएका छन्।

त्यस्तै, एमाले नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत वाग्लेको अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई राष्ट्रवाद र राष्ट्रिय हितसम्बन्धी राजनीतिक तथा कूटनीतिक बुझाइसँग जोडेर प्रश्न उठाएका छन्।

सीमा अभियन्ता रतन भण्डारीले पनि भारतको विरोध गर्नु नै राष्ट्रवाद हो भन्ने मान्यता गलत भएको बताएका छन्। उनका अनुसार कुनै पनि मुलुकबाट हुने अन्याय, सीमा अतिक्रमण, अनुचित हस्तक्षेप र प्रभुत्ववादी व्यवहारको विरोध गर्नु राष्ट्रिय स्वाभिमान तथा सार्वभौम अधिकारको रक्षा हो। मित्रता र कूटनीतिक सम्बन्धका नाममा राष्ट्रिय हितमा सम्झौता गर्न नहुने उनको भनाइ छ।

राजनीतिक विश्लेषक डम्बर खतिवडाले पनि वाग्लेको अभिव्यक्तिमाथि व्यंग्यात्मक टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावअघि व्यक्त गरेका भनाइ तथा ग्रेटर नेपाल र चुच्चे नक्सासम्बन्धी विषयलाई उठाउँदै सरकारको राष्ट्रिय हितसम्बन्धी दृष्टिकोण स्पष्ट हुनुपर्ने बताएका छन्।

यस विषयमा सरकारले औपचारिक प्रतिक्रिया दिएको छैन। रास्वपाले भने अर्थमन्त्री वाग्लेको भारत भ्रमणलाई उपलब्धिपूर्ण भनेको छ। वाग्लेको भ्रमणलाई प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणको तयारीसँग पनि जोडेर हेरिएको छ।

रवि लामिछानेको धार्मिक भ्रमण पनि चर्चामा

यसैबीच, रास्वपा सभापति रवि लामिछाने व्यक्तिगत धार्मिक भ्रमणका लागि भारत पुगेका छन्। शुक्रबार भारत प्रस्थान गरेका लामिछानेले आफ्नो भ्रमणलाई राजनीतिक गतिविधिसँग नजोड्न आग्रह गरेका छन्।

उनका अनुसार कारागारमा रहँदा उत्तराखण्डको नैनीतालस्थित कैंचीधाम जाने भाकल गरेकाले त्यसलाई पूरा गर्न भारत गएको बताएका छन्। उनले कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको स्पष्ट पारेका छन्।

लामिछाने पत्नी निकिता पौडेलसहित पश्चिमी सीमावर्ती नाका गड्डाचौकी हुँदै भारत गएका हुन्। उनले उत्तराखण्डको कैंचीधाम र असमको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने जनाइएको छ।

तर, अर्थमन्त्री वाग्लेको भारत भ्रमणको चर्चा भइरहेका बेला पार्टी सभापति लामिछाने पनि भारत पुगेपछि राजनीतिक वृत्तमा विभिन्न टिप्पणी भइरहेका छन्। एमाले नेता सूर्य थापाले समेत लामिछानेको धार्मिक भ्रमणलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन्।

वाग्लेको अभिव्यक्तिले नेपाल–भारत सम्बन्ध, राष्ट्रिय स्वाभिमान र कूटनीतिक सन्तुलनबारे बहस जन्माएको छ भने लामिछानेको भ्रमणले पनि राजनीतिक चासो बढाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने
खेलकुद

चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने

कार्तिक १०, २०८३
लुला दा सिल्भा चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपति निर्वाचित
फ्ल्यास हेडिङ

लुला दा सिल्भा चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपति निर्वाचित

कार्तिक १०, २०८३
सुनको भाउ एकैदिन ३ हजारले बढ्यो
अर्थ/ब्यापार

सुनको भाउ एकैदिन ३ हजारले बढ्यो

कार्तिक १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने

चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने

कार्तिक १०, २०८३
लुला दा सिल्भा चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपति निर्वाचित

लुला दा सिल्भा चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपति निर्वाचित

कार्तिक १०, २०८३
सुनको भाउ एकैदिन ३ हजारले बढ्यो

सुनको भाउ एकैदिन ३ हजारले बढ्यो

कार्तिक १०, २०८३
श्रीलङ्काका कुशल परेरा एनपीएलमा जनकपुरबाट खेल्ने

श्रीलङ्काका कुशल परेरा एनपीएलमा जनकपुरबाट खेल्ने

कार्तिक १०, २०८३
प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

कार्तिक १०, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुँदै

एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुँदै

कार्तिक १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व