काठमाडौं । सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम दुई हप्ता पछि सरेको छ। अब उक्त कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।
यसअघि पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन गर्ने तयारी गरिएको थियो। तर, दशैँको सार्वजनिक बिदाका कारण कार्यक्रमको मिति परिवर्तन गरिएको हो।
सरकारले हरेक वर्ष दुई चरणमा राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ।
कार्यक्रमको दोस्रो चरण वैशाख ६ र ७ गते सञ्चालन हुने गरेको छ।










Discussion about this post