काठमाडौं । दशैँ मनाउन काठमाडौं उपत्यकाबाट अहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गत असोज २५ गते घटस्थापनादेखि आज बिहानसम्म सार्वजनिक सवारीसाधनमार्फत ५ लाख २८ हजार यात्रुले उपत्यका छाडेका हुन्।
गत वर्षको तुलनामा यस वर्ष उपत्यका छाड्ने यात्रुको सङ्ख्या झण्डै २० हजारले कम रहेको छ। विपद्जन्य घटना, भोटेकोशी बाढी, सडकको अवस्था, बढ्दो महँगी तथा वैदेशिक रोजगारीलगायतका कारण यात्रुको सङ्ख्या घटेको हुन सक्ने अनुमान गरिएको छ।

यस वर्ष दशैँ मनाउन करिब १० लाख यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ। आज र भोलि पनि गाउँघर जाने यात्रुको चाप रहने अपेक्षा गरिएको छ।
घटस्थापनादेखि सार्वजनिक सवारीसाधनमार्फत काठमाडौं उपत्यका भित्रिने यात्रुको सङ्ख्या पनि झण्डै साढे दुई लाख पुगेको छ। ट्राफिक प्रहरीका अनुसार अहिले उपत्यका भित्रिने र बाहिरिने नाकामा सवारी चाप घट्न थालेको छ। आजसम्म कुनै पनि राजमार्ग तथा सडकमा अवरोध नरहेको प्रहरीले जनाएको छ।










Discussion about this post