Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २, २०८३
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी प्रसारण लाइनलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो।

प्राधिकरणका अनुसार गएराति प्रसारण लाइनको २२० केभीको एउटा सर्किट चार्ज गरी सञ्चालनमा ल्याइएको हो। गत असोज ११ गते आएको बाढीपहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरमा रहेका प्रसारण लाइनका चार वटा टावरमा क्षति पुगेको थियो। तीमध्ये टावर नम्बर २१, २३ र २४ पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने टावर नम्बर २२ मा आंशिक क्षति पुगेको थियो।

प्रसारण लाइन अवरुद्ध हुँदा दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित कुल १७० मेगावाट विद्युत् प्रणालीमा प्रवाह हुन सकेको थिएन। प्रसारण लाइन पुनः सञ्चालनमा आएसँगै ती आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले इआरएस टावर प्रयोग गरी प्रसारण लाइनलाई अस्थायी रूपमा सञ्चालनमा ल्याउन सफलता मिलेको बताउनुभयो। भौगोलिक रूपमा अत्यन्त जटिल र दुर्गम क्षेत्रमा इआरएस टावर जडान गर्नु चुनौतीपूर्ण भए पनि निरन्तरको प्रयासबाट काम सम्पन्न गर्न सकिएको उहाँको भनाइ छ।

प्राधिकरणको पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काका अनुसार अस्थायी रूपमा प्रसारण लाइन सञ्चालनमा ल्याइएसँगै बाढीले क्षति पुर्‍याएका टावरको स्थायी पुनर्निर्माण प्रक्रिया अघि बढाइएको छ। स्थायी टावर निर्माण सम्पन्न भएपछि दाना–राहुघाट खण्ड नियमित अवस्थामा सञ्चालन हुनेछ।

कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् एकीकृत गरी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने उद्देश्यले कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ स्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्ने यस प्रसारण लाइनको कुल लम्बाइ करिब १३० किलोमिटर छ। यसले करिब १ हजार २०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमता राख्छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो
अर्थ/ब्यापार

दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो

कार्तिक ३, २०८३
प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक
अर्थ/ब्यापार

प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक

कार्तिक ३, २०८३
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते
फ्ल्यास हेडिङ

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते

कार्तिक ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो

दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो

कार्तिक ३, २०८३
प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक

प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक

कार्तिक ३, २०८३
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते

कार्तिक ३, २०८३
दशैँमा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

दशैँमा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

कार्तिक ३, २०८३
दशैँका लागि साढे ५ लाख नजिकिए उपत्यका छाड्ने यात्रु

दशैँका लागि साढे ५ लाख नजिकिए उपत्यका छाड्ने यात्रु

कार्तिक ३, २०८३
तालिमप्राप्त कुकुरले पत्ता लगायो मुखभित्र लुकाइएको ब्राउनसुगर

तालिमप्राप्त कुकुरले पत्ता लगायो मुखभित्र लुकाइएको ब्राउनसुगर

कार्तिक ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व