गोस्फोर्ड, अस्ट्रेलिया । नेपाली मौलिक स्वाद, संस्कृति र संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित अघि बढेको ‘खुकुरी रेस्टुरेन्ट’ले अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यस्थित गोस्फोर्डमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। सन् २०२२ मा सिड्नीको क्याम्प्सीबाट सुरु भएको रेस्टुरेन्टले गोस्फोर्डमा आफ्नो चौथो शाखा विस्तार गरेको हो।
गोस्फोर्डको १९७ मान स्ट्रिटमा रहेको रेस्टुरेन्टको उद्घाटन १७ अक्टोबर २०२६, शनिबार साँझ गरिएको थियो। यसअघि सिड्नीबाट सुरु भएको खुकुरीले एडिलेड र मेलबर्नमा समेत आफ्नो सेवा विस्तार गरिसकेको छ।
नेपाली परिकार मुख्य आकर्षण
खुकुरी रेस्टुरेन्टमा मःमः, बेम्बो मःमः, कुकर मःमः, थकाली खाना, नेवारी खाजा सेट, सेकुवा, चोइला, तास, चाउमिनलगायत विभिन्न नेपाली परिकार उपलब्ध छन्। परम्परागत नेपाली स्वादलाई आधुनिक रेस्टुरेन्ट अनुभवसँग जोड्दै ग्राहकलाई मौलिक खानाको स्वाद प्रदान गर्ने रेस्टुरेन्टको उद्देश्य छ।

उद्घाटनका अवसरमा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपाली खानाको स्वाद लिन नेपाली समुदायसँगै अस्ट्रेलियन नागरिकहरू पनि रेस्टुरेन्ट पुगेका थिए। यसले नेपाली परिकारप्रति स्थानीय समुदायको रुचि र आकर्षण बढ्दै गएको संकेत गरेको छ।
खानासँगै नेपाली संस्कृति प्रवर्द्धन
खुकुरी रेस्टुरेन्टले नेपाली खानासँगै संगीत र सांस्कृतिक वातावरणलाई पनि प्राथमिकता दिँदै आएको छ। विदेशमा रहेका नेपालीलाई आफ्नो मौलिक स्वाद र संस्कृतिसँग जोडिराख्नुका साथै अस्ट्रेलियामा हुर्कंदै गरेको दोस्रो पुस्तालाई नेपाली पहिचानसँग परिचित गराउने प्रयासमा रेस्टुरेन्ट केन्द्रित रहेको छ।
रेस्टुरेन्टका संस्थापक ज्वलन्त खतिवडा (निरज) का अनुसार नेपाली खानालाई नेपाली समुदायमा मात्र सीमित नराखी अस्ट्रेलियनलगायत अन्य समुदायमाझ समेत परिचित गराउने लक्ष्य राखिएको छ।
उनले नेपाली परिकारको मौलिकता कायम राख्दै गुणस्तरीय खाना र उत्कृष्ट आतिथ्य प्रदान गर्ने तथा आगामी दिनमा अस्ट्रेलियाका विभिन्न सहरमा शाखा विस्तार गर्ने लक्ष्य रहेको बताए।
गोस्फोर्डमा नयाँ शाखा सञ्चालनमा आएसँगै खुकुरी रेस्टुरेन्टले सेन्ट्रल कोस्ट क्षेत्रमा नेपाली खानाको पहिचान विस्तार गर्ने अवसर पाएको छ। नेपाली स्वाद, संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने प्रयासमा यो विस्तारलाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।










Discussion about this post