Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कांग्रेस महाधिवेशन : सुधारको एजेन्डासँगै बढ्यो नेता व्यवस्थापनको चुनौती

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २०, २०८३
कांग्रेस महाधिवेशन : सुधारको एजेन्डासँगै बढ्यो नेता व्यवस्थापनको चुनौती
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको नीति, संगठन र राजनीतिक संस्कारमा सुधारको नयाँ खाका अघि सारेको छ। सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनले कांग्रेसलाई नीति, विचार, सुशासन र नागरिक विश्वासमा आधारित राजनीतिक संस्थाका रूपमा अघि बढाउने प्रस्ताव गरेका छन्।

सभापति थापाको राजनीतिक प्रतिवेदनमा पार्टीको विगतको आत्मसमीक्षा गर्दै राष्ट्रिय पुनर्जागरण, आर्थिक रूपान्तरण, सुशासन, युवा सहभागिता, संघीयता र संगठन पुनर्संरचनालाई प्राथमिकता दिइएको छ। कांग्रेसले आगामी निर्वाचनमा निर्वाचनपूर्व गठबन्धन नगर्ने र आफ्नै नीति तथा संगठनका आधारमा चुनावमा प्रतिस्पर्धा गर्ने प्रस्ताव पनि अघि सारिएको छ।

थापाले पार्टीभित्रको निर्णय प्रक्रिया तल्लो तहसम्म पुर्‍याउने, उम्मेदवार छनोटमा सम्बन्धित तहलाई अधिकार दिने तथा नेतृत्व चयनमा प्रत्यक्ष सहभागिताको अवधारणा अघि सारेका छन्।

यस्तै, उपसभापति शर्माको प्रतिवेदनले कांग्रेसभित्रको गुटबन्दी, व्यक्ति केन्द्रित राजनीति, अपारदर्शिता र नेतृत्व हस्तान्तरणको समस्यालाई मुख्य रूपमा उठाएको छ। उनले राजनीतिक संस्कारमा सुधार गर्दै पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने प्रस्ताव गरेका छन्।

शर्माले फरक विचारलाई सम्मान गर्दै स्थायी गुटबन्दी अन्त्य गर्नुपर्ने र ‘गुटको विकल्प गुट नभई विचार’ हुनुपर्ने धारणा अघि सारेका छन्। साथै, युवाको सहभागिता बढाउने, डिजिटल माध्यमबाट पार्टी सदस्यको सहभागिता सुनिश्चित गर्ने र निर्वाचन घोषणापत्रलाई कार्यान्वयनसँग जोड्ने प्रस्ताव पनि प्रतिवेदनमा समेटिएको छ।

दुवै प्रतिवेदनले कांग्रेसको राजनीति सत्ता प्राप्तिमा मात्र केन्द्रित नभई नागरिक विश्वास निर्माणतर्फ उन्मुख हुनुपर्नेमा जोड दिएका छन्। थापाको प्रतिवेदनले ‘के गर्ने’ भन्ने राजनीतिक दिशामा जोड दिएको छ भने शर्माको प्रतिवेदनले ‘कसरी गर्ने’ भन्ने राजनीतिक संस्कार र कार्यशैलीमा जोड दिएको देखिन्छ।

तर सुधार र रूपान्तरणको एजेन्डा अघि सारिरहँदा नेता व्यवस्थापनको पुरानै चुनौती भने कांग्रेसमा देखिएको छ। १५औँ महाधिवेशनले केन्द्रीय कार्यसमितिको आकार बढाएर २ सय ९७ सदस्यीय बनाउने निर्णय गरेको छ।

नयाँ विधानअनुसार कांग्रेसमा एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र १४ सहमहामन्त्री रहनेछन्। पदाधिकारीमा महिला प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था पनि गरिएको छ।

यसअघि १ सय ६७ सदस्यीय रहेको केन्द्रीय कार्यसमितिको आकार बढाएर २ सय ९७ पुर्‍याइएको हो। नयाँ संरचनामा ६६ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था छ भने प्रतिनिधिसभाका संसदीय दलका नेता र प्रदेश सभापति पदेन सदस्य रहनेछन्।

सहमहामन्त्रीमध्ये ११ जना निर्वाचनबाट चयन हुने र बाँकी मनोनीत हुने व्यवस्था गरिएको छ। कोषाध्यक्ष र प्रवक्तालाई पनि सभापतिले पदाधिकारीको हैसियतमा मनोनीत गर्ने प्रावधान राखिएको छ।

यसरी कांग्रेसले एकातिर नीति, नेतृत्व र राजनीतिक संस्कारमा सुधारको प्रतिबद्धता जनाएको छ भने अर्कोतर्फ पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउँदा नेता व्यवस्थापनको पुरानै शैली दोहोरिएको भन्दै प्रश्न उठ्न थालेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वर्षाका कारण एनपीएलको पहिलो खेल रद्द, चितवन र लुम्बिनीले बाँडे अंक
फ्ल्यास हेडिङ

वर्षाका कारण एनपीएलको पहिलो खेल रद्द, चितवन र लुम्बिनीले बाँडे अंक

कार्तिक १४, २०८३
कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी
फ्ल्यास हेडिङ

कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

कार्तिक १४, २०८३
घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
फ्ल्यास हेडिङ

घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वर्षाका कारण एनपीएलको पहिलो खेल रद्द, चितवन र लुम्बिनीले बाँडे अंक

वर्षाका कारण एनपीएलको पहिलो खेल रद्द, चितवन र लुम्बिनीले बाँडे अंक

कार्तिक १४, २०८३
कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

कञ्चनपुरमा उत्थानशील युवा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

कार्तिक १४, २०८३
घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कार्तिक १४, २०८३
एनपीएलका खेल रद्द भए टिकटको रकम पूर्ण रूपमा फिर्ता हुने

एनपीएलका खेल रद्द भए टिकटको रकम पूर्ण रूपमा फिर्ता हुने

कार्तिक १४, २०८३
हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित, पर्यटकलाई सतर्क रहन आग्रह

हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित, पर्यटकलाई सतर्क रहन आग्रह

कार्तिक १४, २०८३
अपिहिमाल पर्यटन उत्सव कात्तिक १७ देखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

अपिहिमाल पर्यटन उत्सव कात्तिक १७ देखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य

कार्तिक १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व