काठमाण्डौ — नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गैर–क्षेत्रीय सदस्यतर्फको उपाध्यक्षमा चयन भएको छ।
कतारको दोहामा जारी एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकका क्रममा नेपाललाई आगामी वर्षका लागि उपाध्यक्ष चयन गरिएको हो। गैर–क्षेत्रीय सदस्य समूहबाट नेपालसँगै आयरल्याण्ड पनि उपाध्यक्षमा चयन भएको छ।
एआईआईबीको संरचनाअनुसार अध्यक्षसहित क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य देशबाट एक–एक जना उपाध्यक्ष रहने व्यवस्था छ।
वार्षिक बैठकका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गर्नुभएको छ। उहाँले गभर्नर्स बिजनेस राउण्ड टेबललाई सम्बोधन गर्दै सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
मन्त्री वाग्लेले नेपालजस्ता विकासशील देशको आवश्यकताअनुसार एआईआईबीको लगानीलाई थप सहुलियतपूर्ण बनाउनुपर्नेमा जोड दिनुभएको छ।










Discussion about this post