Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १, २०८३
सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सार्क एजुकेसन फाउन्डेसनको आयोजनामा ‘सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन २०८३’ (SARC National Researc Conference 2083) असोज ३ र ४ गते आयोजना हुने भएको छ ।

 

कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी आयोजना गर्न लागिएको सम्मेलनमा विद्यार्थीले आफ्ना अनुसन्धान, विचार, नवप्रवर्तन, कार्यशील नमुना तथा वास्तविक समस्याका व्यावहारिक समाधान प्रस्तुत गर्नेछन् ।

 

फाउन्डेसनका कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतका अनुसार सम्मेलनले विद्यार्थीमा अनुसन्धानप्रतिको रुचि, जिज्ञासा र सिर्जनशीलता बढाउँदै आफ्ना खोज तथा नयाँ विचार प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ । अनुसन्धानलाई केवल शैक्षिक अभ्यासमा सीमित नराखी समुदाय तथा समाजका वास्तविक समस्या पहिचान र समाधान गर्ने माध्यमका रूपमा विकास गर्न सम्मेलनले प्रेरित गर्ने उहाँले बताउनुभयो ।

 

दुईदिने सम्मेलनको पहिलो दिन सांसद ज्ञानेन्द्र महता प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । यस्तै, दोस्रो दिन सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र रावल प्रमुख अतिथिका रहने आयोजकले जनाएको छ ।

 

फाउन्डेसनका प्लस टू संयोजक राजेश भण्डारीका अनुसार सम्मेलनमा विद्यार्थीका अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकता दिइनेछ । विद्यार्थीले आफ्नो ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्दै समुदायमा देखिएका समस्याको समाधान खोज्न सम्मेलनले प्रोत्साहन गर्ने उहाँले बताउनुभयो ।

 

सम्मेलनमा विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, विज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ । सम्मेलनमा १६ वटा अनुसन्धान स्टल, दुईवटा प्यानल छलफल तथा १२ जना विद्यार्थी अनुसन्धानकर्ताको अनुसन्धान प्रस्तुति रहनेछ ।

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत व्यक्तिले युवा अनुसन्धानकर्तासँग आफ्ना व्यावहारिक ज्ञान, अनुभव र अनुसन्धानका विषयमा अन्तरक्रिया गर्नेछन् । उनीहरूको अनुभव र मार्गदर्शनले विद्यार्थीलाई अनुसन्धानका नयाँ सम्भावना पहिचान गर्न तथा अनुसन्धानलाई व्यवहारिक समस्यासँग जोड्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

 

युवा पुस्ताको जिज्ञासा, सिर्जनशीलता, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै उनीहरूलाई अनुसन्धानमार्फत समुदाय तथा समाजका चुनौती समाधान गर्न सक्षम बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।

 

सम्मेलनमा विद्यार्थी र शिक्षकसँगै अनुसन्धानकर्ता, शिक्षाविद्, विज्ञ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत व्यक्तिको सहभागिता रहनेछ । स्रोत व्यक्तिले युवा अनुसन्धानकर्तासँग आफ्ना अनुभव तथा अनुसन्धानका व्यावहारिक पक्षबारे अन्तरक्रिया गर्नेछन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स
देश/राष्ट्रिय

सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स

भदौ २९, २०८३
भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग
देश/राष्ट्रिय

भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग

भदौ २७, २०८३
कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!
देश/राष्ट्रिय

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

अशोज २, २०८३
सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

अशोज २, २०८३
बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

अशोज २, २०८३
प्रधानमन्त्री बालेन र जेन्जी सांसदबीच समसामयिक विषयमा छलफल

प्रधानमन्त्री बालेन र जेन्जी सांसदबीच समसामयिक विषयमा छलफल

अशोज २, २०८३
प्रि–ओपन सेसनमा नेप्से २.४६ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से २.४६ अंकले उकालो

अशोज २, २०८३
अर्थमन्त्री वाग्ले र सीतारमणबीच आर्थिक विषयमा छलफल

अर्थमन्त्री वाग्ले र सीतारमणबीच आर्थिक विषयमा छलफल

अशोज २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व