Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २९, २०८३
सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अन्तर्राष्ट्रिय सुरुङ तथा भूमिगत उद्धार विशेषज्ञ प्रोफेसर अर्नोल्ड डिक्सले नेपालमा विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियान अत्यन्त जटिल र असाधारण प्रकृतिको रहेको बताउनुभएको छ। The Kathmandu Frequency को युट्युब च्यानलमा प्रकाशित विशेष पोडकास्टमा कुराकानी गर्दै डिक्सले नेपालमा भइरहेको उद्धार अभियान आफूले व्यावसायिक जीवनमा अनुभव गरेका अन्य उद्धार अभियानभन्दा निकै फरक रहेको बताउनुभएको हो।

 

उहाँका अनुसार नेपालमा एउटै स्थानमा मात्र उद्धार केन्द्रित गर्नुपर्ने अवस्था छैन। बाढीबाट प्रभावित विभिन्न स्थानमा एकैपटक सम्भावित उद्धार अभियान सञ्चालन गर्नुपर्ने भएकाले उद्धार टोलीसामु थप चुनौती सिर्जना भएको छ। प्रत्येक स्थानमा फरक जोखिम, भौगोलिक अवस्था र प्राविधिक चुनौती रहेकाले उद्धार कार्य थप जटिल बनेको उहाँको भनाइ छ। बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचनाभित्र ठूलो मात्रामा माटो, ढुंगा, पानी र भग्नावशेष जम्मा भएको डिक्सले बताउनुभएको छ। त्यसले सुरुङभित्र सम्भावित रूपमा फसेका मानिससम्म पुग्न र उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न कठिनाइ भइरहेको उहाँले उल्लेख गर्नुभएको छ।

 

तर, सुरुङ बाहिरबाट हेर्दा अवस्था अत्यन्तै भयावह देखिए पनि भित्रको अवस्था त्यति निराशाजनक नहुन सक्ने डिक्सको भनाइ छ। सुरुङभित्र कतिपय स्थानमा हावा पुग्ने, पानीको स्रोत उपलब्ध हुने वा सुरक्षित खाली ठाउँ बन्न सक्ने भएकाले कठिन परिस्थितिमा पनि मानिस केही समयसम्म जीवित रहन सक्ने सम्भावना रहने उहाँले बताउनुभएको छ। नेपालमा जारी उद्धार अभियानलाई आफूले निकै गम्भीर चुनौतीका रूपमा लिएको बताउँदै डिक्सले सम्भावित रूपमा सुरुङभित्र रहेका व्यक्तिको खोजीलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ। उहाँका अनुसार उद्धारका क्रममा बाहिरबाट देखिएको अवस्थाका आधारमा मात्र सुरुङभित्र जीवनको सम्भावना समाप्त भएको निष्कर्ष निकाल्नु उचित हुँदैन।

 

यसअघि पनि नेपालका बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङबाट केही कामदार जीवित उद्धार भएका घटनाले भूमिगत संरचनाभित्र ‘जीवनको सम्भावना’ रहने तथ्यलाई थप बल दिएको छ। डिक्सले नेपालमा भइरहेको खोज तथा उद्धारलाई प्राविधिक दक्षता, धैर्य र समन्वयका साथ अघि बढाउनुपर्ने धारणा राख्नुभएको छ। नेपालमा बाढीका कारण जलविद्युत् आयोजनासहित विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुगेपछि नेपाली सुरक्षा निकायसँगै विदेशी प्राविधिक तथा उद्धार विज्ञहरूले समेत खोज तथा उद्धार कार्यमा सहयोग गरिरहेका छन्। डिक्स पनि भूमिगत उद्धारका प्राविधिक पक्षमा नेपाली उद्धार टोलीलाई सहयोग तथा परामर्श दिँदै आउनुभएको छ।

 

The Kathmandu Frequency मा प्रकाशित पोडकास्टमा डिक्सले नेपालमा जारी उद्धार अभियान, सुरुङभित्र फसेका व्यक्तिको सम्भावित अवस्था, उद्धारका प्राविधिक चुनौती तथा आगामी दिनमा देखिन सक्ने विपद्का जोखिमबारे आफ्नो अनुभव र धारणा साझा गर्नुभएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग
देश/राष्ट्रिय

भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग

भदौ २७, २०८३
कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!
देश/राष्ट्रिय

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३
भोटेकोशी बाढीपीडितका लागि कञ्चनपुरका युवाले पठाए राहत सामग्री
देश/राष्ट्रिय

भोटेकोशी बाढीपीडितका लागि कञ्चनपुरका युवाले पठाए राहत सामग्री

भदौ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स

सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स

भदौ २९, २०८३
देश दुःखिरहेका बेला क्रिकेटले खुशी दिन सक्यौँ : सन्दीप लामिछाने

देश दुःखिरहेका बेला क्रिकेटले खुशी दिन सक्यौँ : सन्दीप लामिछाने

भदौ २९, २०८३
कांग्रेसमा १४औँ महाधिवेशनबाट निर्वाचितलाई केन्द्रीय सदस्य बनाउने निर्णय

कांग्रेसमा १४औँ महाधिवेशनबाट निर्वाचितलाई केन्द्रीय सदस्य बनाउने निर्णय

भदौ २९, २०८३
तीजले सामाजिक सद्भाव र सांस्कृतिक एकता बलियो बनाउँछ : गगन थापा

तीजले सामाजिक सद्भाव र सांस्कृतिक एकता बलियो बनाउँछ : गगन थापा

भदौ २९, २०८३
चार हिमताल अति उच्च जोखिममा

चार हिमताल अति उच्च जोखिममा

भदौ २९, २०८३
महासभामा प्रधानमन्त्री शाहले उठाउनेछन् जलवायु न्यायको मुद्दा

महासभामा प्रधानमन्त्री शाहले उठाउनेछन् जलवायु न्यायको मुद्दा

भदौ २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व