Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई आमनेसामने, नेपालले ब्याटिङ गर्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २७, २०८३
एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई आमनेसामने, नेपालले ब्याटिङ गर्दै

KLANG, MALAYSIA - SEPTEMBER 12: Pictures from the final match between Nepal and UAE held at the Bayuemas Oval on September 12, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) भिड्दैछन्। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

उपाधिसँगै एसिया कपमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रिएका छन्। प्रतियोगिताको पहिलो संस्करण सन् २०२३ मा नेपालले युएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो। युएईले सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै दोस्रो संस्करणको उपाधि हात पारेको थियो।

यसपटकको फाइनल दुवै टोलीका लागि विशेष महत्वको छ। उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले नेपाल र युएई दुवैका लागि यो खेल उपाधिसँगै एसिया कपको टिकट सुरक्षित गर्ने अवसर हो।

प्रतियोगितामा नेपालले समूह चरणदेखि सेमिफाइनलसम्म पाँच खेल खेल्दा चारमा जित र एकमा हार बेहोरेको छ। युएई भने अपराजित रहँदै फाइनलमा पुगेको छ। त्यसैले युएईको अपराजित यात्रामा पूर्णविराम लगाउँदै उपाधि जित्ने चुनौती नेपालसामु छ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ खेल भएका छन्। जसमा नेपालले ११ र युएईले ८ खेल जितेका छन्। पछिल्ला पाँच खेलमध्ये नेपाल तीन खेलमा विजयी भएको छ। गत मेमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत भएका दुवै खेलमा नेपालले युएईलाई पराजित गरेको थियो।

पछिल्ला खेलको प्रदर्शनले नेपाली टोलीको मनोबल उच्च रहे पनि फाइनलमा युएईलाई कमजोर आँक्न सक्ने अवस्था छैन। बलिङ, ब्याटिङ र पछिल्ला खेलको लयलाई निरन्तरता दिन सके नेपालले उपाधि जित्दै एसिया कपमा स्थान बनाउने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने
फ्ल्यास हेडिङ

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने

कार्तिक १३, २०८३
अपिहिमाल पर्यटन उत्सवमा प्रधानमन्त्री सहभागी नहुने
पर्यटन समाचार

अपिहिमाल पर्यटन उत्सवमा प्रधानमन्त्री सहभागी नहुने

कार्तिक १३, २०८३
उत्तर कोरियाद्वारा १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
फ्ल्यास हेडिङ

उत्तर कोरियाद्वारा १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

कार्तिक १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने

कार्तिक १३, २०८३
अपिहिमाल पर्यटन उत्सवमा प्रधानमन्त्री सहभागी नहुने

अपिहिमाल पर्यटन उत्सवमा प्रधानमन्त्री सहभागी नहुने

कार्तिक १३, २०८३
उत्तर कोरियाद्वारा १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

कार्तिक १३, २०८३
सुन महँगियो, चाँदीको मूल्य घट्यो

सुन महँगियो, चाँदीको मूल्य घट्यो

कार्तिक १३, २०८३
कञ्चनपुरमा फूलखेतीबाट आम्दानीको आशा

कञ्चनपुरमा फूलखेतीबाट आम्दानीको आशा

कार्तिक १३, २०८३
इनर्जी ड्रिङ्क्स नपिउन विभागको आग्रह

इनर्जी ड्रिङ्क्स नपिउन विभागको आग्रह

कार्तिक १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व