कञ्चनपुर । भायानेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको बाढीबाट प्रभावितहरूका लागि राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ योगदान गरेको छ ।
बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको भायानेटले जनाएको छ ।
भायानेटले विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको जनाएको छ ।










Discussion about this post