Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण संरचना बगेर झण्डाविहीन बनेको रसुवाको रसुवागढीस्थित नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा पुनः फहराइएको छ।

सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार रसुवागढी सीमा क्षेत्रमा पुगेर राष्ट्रिय झण्डा पुनःस्थापना गरेको हो।

गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी नाकामा भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नेपालतर्फका अधिकांश भौतिक संरचना बगाएको थियो। बाढीका कारण सीमा क्षेत्रमा रहेका सुरक्षा संरचनासमेत प्रभावित भएका छन्।

राष्ट्रिय झण्डा पुनःस्थापनाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेबाट गएको टोलीले करिब तीन किलोमिटर जोखिमपूर्ण भीरको बाटो पार गरेको थियो। कठिन भौगोलिक अवस्था र जोखिमका बीच टोली सीमा नाकासम्म पुगेर झण्डा फहराउन सफल भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।

बाढीबाट सीमा क्षेत्रमा ठूलो भौतिक क्षति भएपछि सीमाको सुरक्षा, आवागमन तथा व्यवस्थापनमा चुनौती थपिएको छ। यस्तो अवस्थामा सुरक्षाकर्मीले जोखिमपूर्ण भूगोल पार गर्दै सीमा क्षेत्रमा पुगेर राष्ट्रिय झण्डा पुनःस्थापना गरेका हुन्।

सीमा नाकामा राष्ट्रिय झण्डा पुनःस्थापना हुनुले प्राकृतिक विपत्तिका कारण भौतिक संरचना क्षतिग्रस्त भए पनि नेपालको सीमा सुरक्षा र राष्ट्रिय उपस्थितिलाई निरन्तरता दिइरहेको सन्देश दिएको छ।

अब रसुवागढी सीमा नाकामा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणसँगै सुरक्षा व्यवस्था र आवागमनलाई सहज बनाउने काम चुनौतीपूर्ण देखिएको छ। भोटेकोशी बाढीबाट भएको क्षतिको पुनःनिर्माण तथा सीमा क्षेत्रमा आवश्यक संरचना पुनःस्थापनाका लागि दीर्घकालीन योजना आवश्यक देखिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने
फ्ल्यास हेडिङ

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने

कार्तिक १३, २०८३
अपिहिमाल पर्यटन उत्सवमा प्रधानमन्त्री सहभागी नहुने
पर्यटन समाचार

अपिहिमाल पर्यटन उत्सवमा प्रधानमन्त्री सहभागी नहुने

कार्तिक १३, २०८३
उत्तर कोरियाद्वारा १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
फ्ल्यास हेडिङ

उत्तर कोरियाद्वारा १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

कार्तिक १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने

कार्तिक १३, २०८३
अपिहिमाल पर्यटन उत्सवमा प्रधानमन्त्री सहभागी नहुने

अपिहिमाल पर्यटन उत्सवमा प्रधानमन्त्री सहभागी नहुने

कार्तिक १३, २०८३
उत्तर कोरियाद्वारा १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

कार्तिक १३, २०८३
सुन महँगियो, चाँदीको मूल्य घट्यो

सुन महँगियो, चाँदीको मूल्य घट्यो

कार्तिक १३, २०८३
कञ्चनपुरमा फूलखेतीबाट आम्दानीको आशा

कञ्चनपुरमा फूलखेतीबाट आम्दानीको आशा

कार्तिक १३, २०८३
इनर्जी ड्रिङ्क्स नपिउन विभागको आग्रह

इनर्जी ड्रिङ्क्स नपिउन विभागको आग्रह

कार्तिक १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व