Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मर्निङ ग्लोरी स्कुलमा गौरा विशेष कार्यक्रम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १८, २०८३
मर्निङ ग्लोरी स्कुलमा गौरा विशेष कार्यक्रम
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित मर्निङ ग्लोरी सेकेन्डरी स्कुलमा सुदूरपश्चिमको मौलिक पर्व गौरा तथा हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व कृष्ण जन्माष्टमी विशेष कार्यक्रम गरी मनाइएको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले गौरा नाच, कृष्णसम्बन्धी कथा तथा प्रस्तुति, चित्रकला र मटका फोड्ने खेल लगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले गौरा पर्वको मौलिक संस्कृति, परम्परा र पहिचान झल्काउने नृत्य तथा प्रस्तुति दिएका थिए। त्यस्तै, कृष्ण जन्माष्टमीका अवसरमा भगवान् श्रीकृष्णसँग सम्बन्धित कथा तथा विभिन्न गतिविधि प्रस्तुत गरिएको थियो। मटका फोड्ने खेलमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले अध्ययनसँगै विद्यार्थीलाई कला, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो। उहाँका अनुसार यस्ता गतिविधिले विद्यार्थीमा सांस्कृतिक चेतनाको विकास गर्नुका साथै मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा सहयोग पुर्‍याउँछ।

विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने र उनीहरूलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउने उद्देश्यले विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो।

कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विपद् प्रभावितका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग
अर्थ/ब्यापार

विपद् प्रभावितका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग

भदौ १९, २०८३
नेपालमा आएको बाढीपहिरोप्रति विश्व तेक्वान्दोको दुःख व्यक्त
खेलकुद

नेपालमा आएको बाढीपहिरोप्रति विश्व तेक्वान्दोको दुःख व्यक्त

भदौ १९, २०८३
बाढीपीडितका लागि भारतले पठायो थप २१.५ टन मानवीय सहायता
अर्थ/ब्यापार

बाढीपीडितका लागि भारतले पठायो थप २१.५ टन मानवीय सहायता

भदौ १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् प्रभावितका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग

विपद् प्रभावितका लागि साल्ट ट्रेडिङको ६० लाख सहयोग

भदौ १९, २०८३
नेपालमा आएको बाढीपहिरोप्रति विश्व तेक्वान्दोको दुःख व्यक्त

नेपालमा आएको बाढीपहिरोप्रति विश्व तेक्वान्दोको दुःख व्यक्त

भदौ १९, २०८३
बाढीपीडितका लागि भारतले पठायो थप २१.५ टन मानवीय सहायता

बाढीपीडितका लागि भारतले पठायो थप २१.५ टन मानवीय सहायता

भदौ १९, २०८३
अमेरिकी बजेट कटौतीको असर नेपालमा, विपद् पूर्वसूचना परियोजना रोकिँदा जोखिम बढ्यो

अमेरिकी बजेट कटौतीको असर नेपालमा, विपद् पूर्वसूचना परियोजना रोकिँदा जोखिम बढ्यो

भदौ १९, २०८३
संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन्द्र शाह जाने तयारी

संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन्द्र शाह जाने तयारी

भदौ १९, २०८३
मर्निङ ग्लोरी स्कुलमा गौरा विशेष कार्यक्रम

मर्निङ ग्लोरी स्कुलमा गौरा विशेष कार्यक्रम

भदौ १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व