Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १०, २०८३
रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी गएलगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाएको छ ।  जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र)का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले निर्देशन दिए लगत्तै सरोकारवाला निकायहरुले आफ्ना संयन्त्रहरु परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज र राहतलाई तीव्रता दिएका छन् । प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुई वटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ । साथै निजी कम्पनीका हेलिकप्टरहरुलाई उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ ।

प्रधानमन्त्री शाहले ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्। अहिले सिंहदरबारस्थित गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा गृहमन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ ।

गृह मन्त्रालयले बाढीबाट पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न/नगराउन आग्रह समेत गरेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासनलगायतले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै
अर्थतन्त्र

७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

कार्तिक १४, २०८३
प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो
अर्थ/ब्यापार

प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो

कार्तिक १४, २०८३
भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम
फ्ल्यास हेडिङ

भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

७१ अर्बको आईपीओ पाइपलाइनमा, ११७ कम्पनी अनुमति पर्खँदै

कार्तिक १४, २०८३
प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो

प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो

कार्तिक १४, २०८३
भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम

भुटानमा हिमताल विस्फोट, बंगाल र असममा बाढीको जोखिम

कार्तिक १४, २०८३
पाकिस्तानमा २१ वर्षपछि इङ्ग्ल्यान्डको जित

पाकिस्तानमा २१ वर्षपछि इङ्ग्ल्यान्डको जित

कार्तिक १४, २०८३
१५ मिनेटमै रोनाल्डोको ह्याट्रिक, अल नासरको शानदार जित

१५ मिनेटमै रोनाल्डोको ह्याट्रिक, अल नासरको शानदार जित

कार्तिक १४, २०८३
राशिद खानले बनाए टी–२० मा नयाँ विश्व कीर्तिमान

राशिद खानले बनाए टी–२० मा नयाँ विश्व कीर्तिमान

कार्तिक १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व