काठमाण्डौ – अफगानिस्तानका पूर्वकप्तान राशिद खान पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २०० विकेट पूरा गर्ने पहिलो बलर बनेका छन्।
यूएईको शारजाहमा गएराति जिम्बाब्वेविरुद्ध भएको दोस्रो टी–२० खेलमा उनले यो कीर्तिमान बनाएका हुन्।

२८ वर्षीय राशिदले १२० खेलमा १३.९६ को औसत र ६.१३ को इकोनोमी रेटमा २०० विकेट लिएका छन्।
टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने दोस्रो खेलाडी इंग्ल्यान्डका आदिल रशिद हुन्। उनले १७१ विकेट लिएका छन् भने हङकङका एहसान १६५ विकेटसहित तेस्रो स्थानमा छन्।
यस सूचीमा नेपालका सन्दीप लामिछाने ८० खेलमा १४२ विकेटसहित १३औँ स्थानमा छन्।










Discussion about this post