काठमाडौँ । अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य निर्धारण गरेको हो।
चितवनलाई आधार मानेर तय गरिएको नयाँ मूल्यअनुसार सबै प्रकारका अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँसम्म बढाइएको छ। नयाँ मूल्यअनुसार सबैभन्दा ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ, ठूलो अण्डा ५७५ रुपैयाँ र मध्यम अण्डा ५३५ रुपैयाँ पुगेको छ। यस्तै, सानो अण्डाको मूल्य प्रतिपेटी ३ हजार २०० रुपैयाँ कायम गरिएको सङ्घले जनाएको छ।
सङ्घले एक साताभन्दा कम समयमै अण्डाको मूल्य पुनः बढाएको हो। यसअघि साउन महिनामै अण्डाको मूल्य चार पटक वृद्धि गरिएको थियो।
अण्डाको उत्पादन घट्दै गएपछि बजारमा मूल्य निरन्तर बढिरहेको व्यवसायीहरूको भनाइ छ। बर्डफ्लुका कारण ठूलो सङ्ख्यामा कुखुरा नष्ट गर्नुपरेकाले अण्डा उत्पादनमा उल्लेख्य कमी आएको र बढ्दो माग धान्न कठिन भएपछि मूल्य वृद्धि गर्नुपरेको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले बताउनुभएको छ।










Discussion about this post