काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँले बढेको हो। भाउ बढेसँगै छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ।
यसअघि बुधबार सुनको भाउ प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले बढेको छ। चाँदी आज प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बुधबार चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।










Discussion about this post