Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बाढीपछिको खोज तथा उद्धार स्थगित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १९, २०८३
बाढीपछिको खोज तथा उद्धार स्थगित
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपछि जारी खोज तथा उद्धार कार्य हालका लागि स्थगित गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले खोज तथा उद्धारसँगै पुनर्निर्माण र पुनर्स्थापनाको काम तीव्र रूपमा अघि बढाउने निर्णय गरेको हो।

जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति तथा स्थलगत अवलोकनबाट प्राप्त सिफारिसका आधारमा खोज तथा उद्धारको नियमित चरण स्थगित गर्ने निर्णय गरिएको जनाइएको छ।

बैठकले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय तथा निकायबाट प्रस्तावित ५०४ वटा योजना तथा कार्यक्रम अघि बढाउन ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत योजनाका लागि अर्थ मन्त्रालयमार्फत स्रोत व्यवस्थापन गरिनेछ। लागत अनुमान खुल्न बाँकी तथा प्राथमिकीकरण हुन नसकेका आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ।

बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका काम संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा भइरहेको उल्लेख गर्दै अब पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि सोही समन्वयमा अघि बढाइने बताउनुभयो।

बैठकमा विपक्षी दल तथा नेपाली कांग्रेसका संसदीय दलका नेता साथै बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

हरमनप्रीत कौरले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी
खेलकुद

हरमनप्रीत कौरले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी

अशोज २०, २०८३
नारायणीको कटानबाट नारायणगढ बजार जोगाउन व्यवसायीको माग
पूर्वाधार

नारायणीको कटानबाट नारायणगढ बजार जोगाउन व्यवसायीको माग

अशोज २०, २०८३
दसैंअघि रसुवाका बाढीपीडितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने तयारी
फ्ल्यास हेडिङ

दसैंअघि रसुवाका बाढीपीडितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने तयारी

अशोज २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हरमनप्रीत कौरले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी

हरमनप्रीत कौरले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी

अशोज २०, २०८३
नारायणीको कटानबाट नारायणगढ बजार जोगाउन व्यवसायीको माग

नारायणीको कटानबाट नारायणगढ बजार जोगाउन व्यवसायीको माग

अशोज २०, २०८३
दसैंअघि रसुवाका बाढीपीडितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने तयारी

दसैंअघि रसुवाका बाढीपीडितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने तयारी

अशोज २०, २०८३
पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

अशोज २०, २०८३
डिजिटल न्याय प्रणालीमा सुरक्षा र जवाफदेहिता आवश्यक : प्रधानन्यायाधीश शर्मा

डिजिटल न्याय प्रणालीमा सुरक्षा र जवाफदेहिता आवश्यक : प्रधानन्यायाधीश शर्मा

अशोज २०, २०८३
भूमिहीन ५ हजार ७३७ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

भूमिहीन ५ हजार ७३७ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

अशोज २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व