Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

धनगढी । दोदा जलाधार क्षेत्रको संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलनका लागि दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्चले सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टसमक्ष १० बुँदे ज्ञापनपत्र बुझाएको छ।

डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर जिल्लामा फैलिएको दोदा जलाधार क्षेत्रमा बाढी, डुबान, नदी कटान, भू–क्षय, वन विनाश, अनियमित वर्षा, तातो हावाको लहरलगायत जलवायुजन्य विपद्को जोखिम बढ्दै गएको भन्दै मञ्चले प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो।

मञ्चका अध्यक्ष एवम् शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले दोदा जलाधार क्षेत्रको संरक्षण र जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले दीर्घकालीन योजना बनाएर प्राथमिकताका साथ काम गर्नुपर्ने बताए। जलाधार क्षेत्रसँग जोडिएका स्थानीय तहहरूमा विपद् पूर्वसूचना प्रणाली विस्तार, बाढी तथा डुबानको जोखिम न्यूनीकरण र चुरे संरक्षणलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ।

मञ्चले दोदा जलाधार क्षेत्रलाई प्रदेशस्तरीय प्राथमिकता प्राप्त जलाधार क्षेत्रका रूपमा मान्यता दिई विशेष संरक्षण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न माग गरेको छ। त्यस्तै, जोखिमग्रस्त स्थानीय तहमा बहुप्रकोप पूर्वसूचना प्रणाली विस्तार, स्वचालित जल तथा वर्षामापन केन्द्र स्थापना तथा स्तरोन्नति र बाढी पूर्वानुमान तथा चेतावनी तह निर्धारणका लागि आवश्यक अध्ययन तथा बजेटको व्यवस्था गर्न माग गरिएको छ।

मञ्चका सचिव एवम् ललाझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले दोदा जलाधार क्षेत्रको संरक्षणलाई स्थानीय तहमा मात्र सीमित नराखी प्रदेशस्तरीय प्राथमिकतामा राखेर योजना र बजेट निर्माण गर्नुपर्ने बताए। बाढी, डुबान, तातो लहर, सुख्खालगायतका विपद्को जोखिम बढिरहेको अवस्थामा पूर्वतयारी, सूचना व्यवस्थापन र समुदायको क्षमता अभिवृद्धिमा लगानी बढाउनुपर्ने उनको भनाइ छ।

नदी कटान, बाढी तथा डुबान प्रभावित क्षेत्रमा तटबन्ध निर्माण, नदी व्यवस्थापन, भू–संरक्षण तथा पुनर्स्थापना कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन पनि मञ्चले माग गरेको छ। चुरे संरक्षण, वन पुनर्स्थापना, वृक्षारोपण, जलस्रोत संरक्षण, प्रकृतिमा आधारित समाधान तथा बायो–इन्जिनियरिङ पद्धतिका लागि विशेष बजेट व्यवस्था गर्नुपर्नेमा पनि जोड दिइएको छ।

ज्ञापनपत्रमा विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलनलाई प्रदेश र स्थानीय तहका योजना तथा बजेटमा मूलप्रवाहीकरण गर्दै न्यूनतम पाँच प्रतिशत क्षेत्रगत बजेट विनियोजन गर्ने नीति तथा निर्देशन जारी गर्न माग गरिएको छ। साथै, दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्चलाई प्रदेशस्तरीय समन्वय संरचनाका रूपमा संस्थागत मान्यता दिन, अवैज्ञानिक उत्खनन तथा वन विनाश नियन्त्रण गर्न प्रभावकारी अनुगमन र नियमन गर्न तथा महिला, युवा, विपन्न समुदाय र अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्न माग गरिएको छ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री खगराज भट्टले दोदा जलाधार क्षेत्रसँग सम्बन्धित माग तथा सुझावलाई सकारात्मक रूपमा लिँदै प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्ने बताएका छन्। जलाधार संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनका असर कम गर्न आवश्यक योजना र कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने मुख्यमन्त्री भट्टले बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन
देश/राष्ट्रिय

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन

साउन ३०, २०८३
कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट
देश/राष्ट्रिय

कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट

साउन २९, २०८३
नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप
देश/राष्ट्रिय

नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप

साउन २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

उपसभामुख ठाकुरले दिइन् पत्रकार श्रेष्ठविरुद्ध जाहेरी

उपसभामुख ठाकुरले दिइन् पत्रकार श्रेष्ठविरुद्ध जाहेरी

भदौ २, २०८३
बागमतीमा सत्ता फेरबदलको तयारी, एमालेभित्र मुख्यमन्त्रीका लागि रस्साकस्सी

बागमतीमा सत्ता फेरबदलको तयारी, एमालेभित्र मुख्यमन्त्रीका लागि रस्साकस्सी

भदौ २, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व