Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २६, २०८३
सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक बनेको भन्दै सरकारको आलोचना गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले देशमा नागरिक मात्र नभई जनप्रतिनिधिसमेत सुरक्षित नरहेको टिप्पणी गरे। उनले प्रधानमन्त्रीको कार्यशैली र जवाफदेहितामाथि प्रश्न उठाउँदै साढे दुई महिनादेखि संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गरिए पनि त्यसलाई बेवास्ता गरिएको आरोप लगाए।

राईले देशका विभिन्न भागमा धार्मिक तथा साम्प्रदायिक नाममा भइरहेका झडप, आगजनी र धम्कीका घटनाप्रति चिन्ता व्यक्त गरे। यस्ता घटनाविरुद्ध उजुरी पर्दासमेत प्रभावकारी कारबाही हुन नसक्नुले सरकारको कमजोरी देखिएको उनको तर्क थियो।

जनताको दैनिक समस्या र आधारभूत सेवा–सुविधाको अभावप्रति सरकार संवेदनशील नदेखिएको आरोप लगाउँदै उनले मन्त्रीहरू मन्त्रालयका वातानुकूलित कोठामा सीमित भएको टिप्पणी गरे। सडकमा ग्यासका लागि लाइन बस्ने तथा न्यायको माग गर्दै माइतीघरमा आन्दोलन गर्ने नागरिकको पीडा सरकारले बुझ्न नसकेको उनको भनाइ थियो।

वैदेशिक रोजगारीका नाममा युवाहरू ठगिनु र विमानस्थलमा वैदेशिक रोजगारीका लागि जाने युवाको लाम लाग्नुले देशभित्र अवसरको चरम अभाव देखाएको राईले बताए। युवालाई ठगी गर्नेहरूलाई कारबाही गर्न सरकारलाई कसले रोकेको हो भन्दै उनले प्रश्न गरे।

यस्तै, वर्षौँदेखि जग्गा भोगचलन गर्दै आएका सुकुम्वासी तथा वास्तविक भूमिहीनले अझै धनीपुर्जा पाउन नसकेको विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराए। भूमि सुधार मन्त्रालयले यस विषयमा आलटाल गरिरहेको आरोप लगाउँदै उनले अब आश्वासनभन्दा परिणाम आवश्यक रहेको बताए।

‘पुस्तौँदेखि जग्गा भोगचलन गर्दै आएका सुकुम्वासी तथा भूमिहीन नागरिकलाई धनीपुर्जा दिने विषयमा अब नाटक होइन, परिणाम चाहिन्छ। स्थानीय तह वा अन्य निकायलाई दोष दिएर हुँदैन,’ राईले भने, ‘प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ, नैतिक र पदीय जिम्मेवारी लिनुहोस्, संसद्सँग संवाद गर्नुहोस् र जनताको बीचमा जानुहोस्।’

खेलकुद क्षेत्रको उपेक्षाप्रति समेत आक्रोश व्यक्त गर्दै राईले चीनमा आयोजित प्रतियोगिताका क्रममा घाइते भएका खेलाडी आशिष राईको उपचारमा राज्यले सहयोग नगरेको बताए। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नेपाली खेलाडी विदेशमा अलपत्र पर्ने तथा उपचारका लागि सहयोग नपाएर पीडित बन्नुपर्ने अवस्था अन्त्य गर्न सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग
राजनीति

प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग

साउन २७, २०८३
देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे
राजनीति

देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे

साउन २७, २०८३
एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण
राजनीति

एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

साउन २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग

प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग

साउन २७, २०८३
देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे

देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे

साउन २७, २०८३
एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

साउन २७, २०८३
अब ५२ जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्

अब ५२ जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्

साउन २७, २०८३
नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

साउन २७, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार स्थिर, कारोबार रकम बढेर ४ अर्ब ११ करोड

साउन २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व