कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाउ एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले बढेर ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। गएको बुधबारयता सुनको मूल्य लगातार बढिरहेको छ।
यस्तै, चाँदीको भाउ पनि आज तोलामा ६५ रुपैयाँले बढेर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो।










Discussion about this post