Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जुम्लामा ४८ करोडभन्दा बढी राजस्व उठ्यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २३, २०८३
जुम्लामा ४८ करोडभन्दा बढी राजस्व उठ्यो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आन्तरिक राजस्व कार्यालय जुम्लाले आर्थिक वर्ष २०८२/८३ मा रु ४८ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले रु ६४ करोड ४८ लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा रु ४८ करोड १ लाख २२ हजार सङ्कलन गर्दै लक्ष्यको ७४ दशमलव ४५ प्रतिशत प्रगति हासिल गरेको हो।

आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार सङ्कलित राजस्वमध्ये आयकरबाट रु ३५ करोड ८१ लाख ५२ हजार, मूल्य अभिवृद्धि कर (मु.अ.कर) बाट रु ९ करोड ८८ लाख ९ हजार, अन्तःशुल्कबाट रु ८८ लाख ५८ हजार र अन्य शीर्षकबाट रु १ करोड ४३ लाख ३ हजार सङ्कलन भएको छ।

कार्यालयले करदाता शिक्षालाई प्रभावकारी बनाउँदै निर्माण व्यवसायीसहित ठूला तथा साना व्यवसायीलाई लक्षित गरी करदाता सेवासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कर कानुनअनुसार राजस्व सङ्कलन, कर परीक्षण तथा अनुसन्धान र कर कानुनको परिपालना गराउने कार्यसँगै अन्तःशुल्कसम्बन्धी गतिविधिसमेत सञ्चालन भइरहेको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षको वैशाखदेखि असारसम्म कार्यालयले ७४ पटक बजार अनुगमन गरेको थियो। सो अवधिमा सातवटा अग्रिम करकट्टी परीक्षण, एकवटा पूर्ण कर परीक्षण, २० वटा द्रुत कर परीक्षण, १९ वटा सङ्कलन भ्रमण तथा पाँचपटक करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा आयकर सङ्कलन अघिल्लो वर्षको तुलनामा केही बढेको भए पनि मूल्य अभिवृद्धि कर सङ्कलनमा भने कमी आएको छ। व्यापार–व्यवसायमा देखिएको मन्दी तथा विकास निर्माणका सरकारी निकायमा पुँजीगत खर्च न्यून हुँदा मूल्य अभिवृद्धि कर सङ्कलन प्रभावित भएको कार्यालयको भनाइ छ।

हालसम्म जुम्लामा मूल्य अभिवृद्धि करतर्फ १ हजार ७५०, आयकरतर्फ १७ हजार ८४ र अन्तःशुल्कतर्फ ५६५ करदाता दर्ता भएका छन्।

आन्तरिक राजस्व कार्यालय जुम्लाको कार्यक्षेत्र जुम्लासहित मुगु र कालीकोटसम्म रहेको छ। कार्यालयको समन्वयमा कालीकोटको तिलागुफा र रास्कोट नगरपालिकाबाट समेत करदाता सेवा सञ्चालन हुँदै आएको छ।

कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु ५१ करोड ४१ लाख राजस्व सङ्कलन गरेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ढोरपाटनमा एक वर्षमा ३७ हजारभन्दा बढी पर्यटक, १३ हजारले बढ्यो आगमन
अर्थ/ब्यापार

ढोरपाटनमा एक वर्षमा ३७ हजारभन्दा बढी पर्यटक, १३ हजारले बढ्यो आगमन

साउन २३, २०८३
विद्यार्थीलाई लक्षित गरी ग्यास वितरण गर्न मन्त्री यादवको निर्देशन
फ्ल्यास हेडिङ

विद्यार्थीलाई लक्षित गरी ग्यास वितरण गर्न मन्त्री यादवको निर्देशन

साउन २३, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च
अर्थ/ब्यापार

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जुम्लामा ४८ करोडभन्दा बढी राजस्व उठ्यो

जुम्लामा ४८ करोडभन्दा बढी राजस्व उठ्यो

साउन २३, २०८३
ढोरपाटनमा एक वर्षमा ३७ हजारभन्दा बढी पर्यटक, १३ हजारले बढ्यो आगमन

ढोरपाटनमा एक वर्षमा ३७ हजारभन्दा बढी पर्यटक, १३ हजारले बढ्यो आगमन

साउन २३, २०८३
विद्यार्थीलाई लक्षित गरी ग्यास वितरण गर्न मन्त्री यादवको निर्देशन

विद्यार्थीलाई लक्षित गरी ग्यास वितरण गर्न मन्त्री यादवको निर्देशन

साउन २३, २०८३
पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरणका लागि सुदूरपश्चिममा प्रदेश स्तरीय संवाद सम्पन्न; ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी

पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरणका लागि सुदूरपश्चिममा प्रदेश स्तरीय संवाद सम्पन्न; ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी

साउन २३, २०८३
विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व