Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

‘ब्लु बस’ महिलाको सुरक्षाका लागि, विभाजनका लागि होइन : मन्त्री सीता बादी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २१, २०८३
‘ब्लु बस’ महिलाको सुरक्षाका लागि, विभाजनका लागि होइन : मन्त्री सीता बादी
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले सार्वजनिक यातायातमा महिलाको सुरक्षा सुनिश्चित गर्न लक्षित उपायका रूपमा ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याइएको बताएकी छन्।

बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री बादीले ‘ब्लु बस’ सेवा महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्नबाट रोक्ने वा नियमित सार्वजनिक यातायात प्रणालीलाई विस्थापित गर्ने उद्देश्यले नभई सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, अत्यधिक भीडभाड तथा आवागमनका व्यावहारिक कठिनाइलाई सम्बोधन गर्न सुरु गरिएको स्पष्ट पारिन्।

उनले सरकारले लैङ्गिक असमानता बढाउने नभई महिलाले सार्वजनिक यातायातमा सामना गरिरहेका विद्यमान जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आवश्यकता आधारित रूपमा ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याएको बताइन्।

मन्त्री बादीका अनुसार सरकारको दीर्घकालीन लक्ष्य महिला र पुरुषलाई छुट्टाछुट्टै यात्रा गराउने नभई सबैले सार्वजनिक यातायातमा सम्मानजनक, सुरक्षित र सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु हो।

‘सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भीडभाड तथा आवागमनसम्बन्धी व्यावहारिक कठिनाइलाई तत्काल सम्बोधन गर्न ब्लु बस सेवा अगाडि बढाइएको हो। यस सेवाले महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्न रोक लगाउँदैन र नियमित सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन पनि गर्दैन,’ मन्त्री बादीले भनिन्।

उनले महिलामाथि सार्वजनिक बसमा हुने दुर्व्यवहार र जोखिमलाई तत्काल न्यूनीकरण गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, सम्मानजनक र प्रभावकारी बनाउन सरकार गम्भीरतापूर्वक लागिरहेको बताइन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह
राजनीति

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक
राजनीति

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
राजनीति

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व