स्थानीय बजारमा आज सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ७६ अमेरिकी डलर र चाँदी ५७ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।










Discussion about this post