Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पेट्रोलमा इथानोल : कुन देशले कति प्रयोग गर्छ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ६, २०८३
आज राति पेट्रोल र डिजेलको मूल्य १५ रुपैयाँले वृद्धि
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नेपाल आयल निगमले पेट्रोलमा इथानोल मिसाएर बिक्री वितरण गर्ने प्रक्रिया अघि बढाएको छ। निगमले ‘पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी विनियमावली–२०८१’ लागू गर्दै पेट्रोलमा इथानोल मिसाउने तयारी अगाडि बढाएको हो।

सरकारले आयातित पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउने नीति कार्यान्वयनमा ल्याएको छ। यसबाट वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको इन्धन आयात घट्ने, व्यापार घाटा कम हुने तथा हरितगृह ग्यास उत्सर्जन घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

इथानोल उखु, मकै, गहुँ, सुगरबिट, चिनी उद्योगबाट निस्कने मोलासेस तथा कृषि–वनजन्य जैविक पदार्थबाट उत्पादन हुने अल्कोहल हो। यसलाई पेट्रोलमा मिसाउँदा पेट्रोलको खपत घट्ने र वातावरणीय प्रदूषण कम हुने भए पनि पेट्रोलको तुलनामा कम ऊर्जा हुने भएकाले केही अवस्थामा सवारीसाधनको माइलेजमा असर पर्न सक्ने विज्ञहरू बताउँछन्। उच्च प्रतिशत इथानोल प्रयोगका लागि विशेष प्रकारका इन्जिन आवश्यक पर्न सक्छ।

विश्वका विभिन्न देशमा पेट्रोलमा इथानोल मिसाउने अभ्यास यसप्रकार छः

  • नेपाल – १० प्रतिशतसम्म इथानोल मिसाउने नीति कार्यान्वयनको तयारी।
  • भारत – २० प्रतिशत इथानोल मिश्रित पेट्रोल (E20) प्रयोगमा, केही क्षेत्रमा शतप्रतिशत इथानोलमा चल्ने सवारी पनि सञ्चालन।
  • चीन – केही क्षेत्रमा E10 प्रयोग, राष्ट्रिय औसत करिब २.१ प्रतिशत।
  • ब्राजिल – २७ प्रतिशतभन्दा बढी इथानोल मिश्रण सामान्य, केही इन्धनमा ३० प्रतिशत तथा शुद्ध इथानोल प्रयोग गर्ने सवारी पनि सञ्चालन।
  • अमेरिका – अधिकांश पेट्रोलमा १० प्रतिशत (E10), E15 र फ्लेक्स–फ्युल सवारीका लागि E85 पनि उपलब्ध।
  • बेलायत – सन् २०२१ देखि १० प्रतिशत (E10) इथानोल मिश्रित पेट्रोल।
  • बोलिभिया – १० प्रतिशतबाट सुरु गरी २५ प्रतिशतसम्म विस्तार गर्ने नीति।
  • पाराग्वे – ३० प्रतिशतसम्म इथानोल मिश्रणलाई स्वीकृति।
  • क्यानडा – कम्तीमा ५ प्रतिशत अनिवार्य, धेरै क्षेत्रमा १०–१२ प्रतिशतसम्म।
  • थाइल्यान्ड – १० देखि २० प्रतिशतसम्म, केही स्थानमा E85 पनि उपलब्ध।
  • युरोपेली संघ – अधिकांश सदस्य राष्ट्रमा E10 विस्तार।
  • जर्मनी – E5 र E10 दुवै प्रकारका पेट्रोल बिक्री वितरण।

सरकारको अपेक्षा अनुसार इथानोल मिश्रण सफल रूपमा कार्यान्वयन भएमा इन्धन आयातमा निर्भरता घट्नुका साथै वातावरण संरक्षण र स्वदेशी जैविक स्रोतको उपयोगमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

गभर्नर छनोटका लागि अर्थमन्त्री पौडेलको संयोजकत्वमा नयाँ सिफारिश समिति गठन
अर्थतन्त्र

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले एक खर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै

साउन ६, २०८३
प्रधानमन्त्रीले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
अर्थतन्त्र

समता शुल्क खारेजपछि बिजुली शुल्क फिर्ता गर्न दबाब

साउन ६, २०८३
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
अर्थतन्त्र

सरकारको ‘करदाता प्रोत्साहन उपहार’ योजना, बम्परमा १० लाख रुपैयाँ

साउन ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

६ दिनको उकालोपछि नेप्सेमा गिरावट

साउन ६, २०८३
आज राति पेट्रोल र डिजेलको मूल्य १५ रुपैयाँले वृद्धि

पेट्रोलमा इथानोल : कुन देशले कति प्रयोग गर्छ?

साउन ६, २०८३
मनसुन तयारी कमजोर भन्दै विपक्षीद्वारा राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव

मनसुन तयारी कमजोर भन्दै विपक्षीद्वारा राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव

साउन ६, २०८३
हुवावेले सार्वजनिक गर्‍यो सौर्य ऊर्जा र विद्युत् भण्डारणका दुई नयाँ प्रविधि

हुवावेले सार्वजनिक गर्‍यो सौर्य ऊर्जा र विद्युत् भण्डारणका दुई नयाँ प्रविधि

साउन ६, २०८३
गगन थापाको व्यङ्ग्य : ‘ब्रेक’ नभएको सरकार, ‘ब्रेक’ नभएको प्रतिपक्ष

गगन थापाको व्यङ्ग्य : ‘ब्रेक’ नभएको सरकार, ‘ब्रेक’ नभएको प्रतिपक्ष

साउन ६, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

एकैदिन तोलामा ५ हजार ४०० रुपैयाँले महँगियो सुन

साउन ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व