मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रियसभामा सार्वजनिक महत्त्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गरेका छन्।
नेपाली कांग्रेस, नेकपा, नेकपा एमाले र जसपाले संयुक्त रूपमा दर्ता गरेको प्रस्तावमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेको र सरकारको पूर्वतयारी प्रभावकारी नभएको उल्लेख गरिएको छ।
विपक्षी दलहरूले विपद्पछि मात्रै राहत र उद्धारमा केन्द्रित हुने प्रवृत्ति अन्त्य गरी पूर्वसूचना, उद्धार सामग्रीको व्यवस्थापन र स्थानीय तहसँगको समन्वय प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।










Discussion about this post