राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवासी भर्ना लागत सर्वेक्षण, २०८०’ अनुसार वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले भर्ना प्रक्रियामा गरेको खर्च उठाउन औसतमा ३ दशमलव ३ महिना लाग्ने देखिएको छ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को प्राविधिक सहयोगमा गरिएको सर्वेक्षणमा पछिल्लो पाँच वर्षभित्र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसहित करिब ३ हजार ६४२ घरपरिवार समेटिएका थिए।
सर्वेक्षणअनुसार वैदेशिक रोजगारीबाट फर्केका नेपाली श्रमिकको औसत मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ रहेको छ। पुरुषको तुलनामा महिलाको आम्दानी केही बढी देखिएको छ भने महिलाले खर्च उठाउने अवधि पनि कम रहेको पाइएको छ।
गन्तव्य देशमध्ये मलेसिया जाने श्रमिकको खर्च र आम्दानी दुवै उच्च रहेको छ भने भारत जाने श्रमिकको भर्ना लागत न्यून देखिएको छ। प्रतिवेदनले वैदेशिक रोजगार नीति र श्रम सम्झौताको प्रभावकारिता मूल्याङ्कन गर्न यो तथ्याङ्क उपयोगी हुने जनाएको छ।










Discussion about this post