सुनचाँदीको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ २ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको थियो।










Discussion about this post