बर्खायामसँगै वनफूलले ढाकिएको ढोरपाटन उपत्यका यतिबेला आन्तरिक पर्यटकको रोजाइमा परेको छ। राता, पहेँला, गुलाबी र बैजनी रङका वनफूलले सजिएको उपत्यकामा दैनिक २०० भन्दा बढी पर्यटक पुग्ने गरेको होटल व्यवसायी सङ्घले जनाएको छ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत ढोरपाटनको सौन्दर्य प्रचार भएपछि पछिल्ला वर्षहरूमा पर्यटकको आकर्षण उल्लेख्य रूपमा बढेको हो। स्थानीयका अनुसार फूल फुल्ने यो सिजनमा होटल व्यवसायसमेत फस्टाउन थालेको छ।
यद्यपि, बुर्तिबाङ–ढोरपाटन सडकको केही खण्ड जीर्ण हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ। ढोरपाटन नगरपालिकाले सडक सुधारको काम भइरहेको जनाएको छ










Discussion about this post