सुनचाँदीको भाउ आज पनि घटेको छ। लगातार दोस्रो कारोबार दिन सुनको मूल्य ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेर २ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले घटेर ४ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदी तोलाको ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो।










Discussion about this post