निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सिंहदरबारभित्र सञ्चालनमा आएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि उक्त सेवा एकाइ सञ्चालनमा आएको हो ।
मन्त्रालयका अनुसार निजामती कर्मचारीलाई कार्यस्थलमै सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा एकाइ सञ्चालनमा ल्याइएको हो । अब कर्मचारीहरूले स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्शका लागि अस्पतालसम्म जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
अस्पतालमा बढ्दो सेवाग्राही चाप व्यवस्थापन गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयमै स्वास्थ्य सेवा विस्तार गरिएको जनाइएको छ । सो एकाइमा रगत परीक्षणलगायत प्रारम्भिक स्वास्थ्य सेवाहरू उपलब्ध हुनेछन् ।










Discussion about this post