मनसुन सक्रिय हुन थालेसँगै देशका धेरै ठाउँमा पानी परेको छ। गएराति र आज बिहान सबै प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकासहित धेरै क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ। पानी परेपछि गर्मीबाट राहत मिलेको छ भने आगामी केही दिन मौसम अझै सक्रिय रहने महाशाखाको अनुमान छ।
महाशाखाका अनुसार आज दिउँसोदेखि पर्सिसम्म केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
तराईका केही क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही ठाउँमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।










Discussion about this post