कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ ।
अस्ति शुक्रवार तोलाको २ लाख ७९ हजार १०० रुपैयाँ रहेको सुनको भाउ आज ४ हजार ७०० रुपैयाँले बढेर तोलाको २ लाख ८३ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । शुक्रवार तोलाको ४ हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज १४५ रुपैयाँले बढेर तोलाको ४ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।










Discussion about this post