Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ११, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ५० अङ्कले घटेर २ हजार ६५१ दशमलव ५२ विन्दुमा झरेको छ ।

नेप्से चार महिनायताकै न्यून विन्दुमा पुगेको हो । गएको फागुन १३ गते नेप्से २ हजार ६४८ विन्दुमा रहेको थियो ।

नयाँ सरकार गठन भएयता नेप्से झन्डै ३०० अङ्कले घटेको छ । बालेन्द्र शाहले गएको जेठ १३ गते प्रधानमन्त्रीको शपथ लिँदा नेप्से २ हजार ९५० विन्दुमा रहेको थियो ।

आज उत्पादन तथा प्रशोधन समूहबाहेक सबै उपसमूहको सूचक घटेको छ । व्यापार समूहको सूचक सबैभन्दा बढी झन्डै २ प्रतिशतले ओरालो लागेको छ ।

आज १७२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ८३ वटा कम्पनीको बढेको छ । १९ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज भुजुङ हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ११ प्रतिशतले घटेको छ । समग्र बजार घटेको दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएकोमा आज ३३८ वटा कम्पनीका शेयर किनबेच हुँदा कुल २ अर्ब ६४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो कारोबार रकम जेठ ४ गतेयताकै कम हो । त्यस दिन २ अर्ब ४५ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुनचाँदीको भाउ लगातार घट्दै, आज पनि गिरावट

असार ११, २०८३
आज पनि सुनचाँदीको बजार मूल्यमा कमी आएको छ।
अर्थ/ब्यापार

सुनको भाउ लगातार घट्दै

असार १०, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे
अर्थ/ब्यापार

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व