कञ्चनपुर । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ। लगातार दुई दिन बढेको सुनको भाउ आज भने घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको रु. २ लाख ८७ हजार १०० मा कारोबार भइरहेको छ। हिजो सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेर रु. २ लाख ८८ हजार ७०० पुगेको थियो भने अस्ति आइतबार तोलाको रु. २ लाख ८७ हजार ३०० मा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा रु. १४० ले घट्दै तोलाको रु. ४ हजार ५९० मा झरेको महासङ्घले जनाएको छ। हिजो चाँदी तोलाको रु. ४ हजार ७३० मा कारोबार भएको थियो।
बजारमा पछिल्ला दिनहरूमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ।









Discussion about this post