Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा घण्टी बजाएर गर्नुभएको हो।

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपाका नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन समारोहमा सहभागी हुनुभएको थियो। यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि उद्घाटन कार्यक्रममा उपस्थित हुनुभएको थियो।

स्थापनाको चार वर्षमै झन्डै दुई तिहाइ बहुमतका साथ सत्ताको नेतृत्व गर्ने जनमत प्राप्त गरेको रास्वपाको यो महाधिवेशनलाई पार्टीको नीति तथा नेतृत्व परिष्करणको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनमा संगठनात्मक तथा वैचारिक प्रतिवेदन प्रस्तुत गरिनेछ। साथै अनुशासन आयोगको प्रतिवेदन र सभापतिको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी नीति परिष्करणको काम गरिनेछ।

तीन दिने महाधिवेशनले हालको तदर्थ केन्द्रीय समितिलाई विस्थापित गर्दै निर्वाचित केन्द्रीय समिति चयन गर्नेछ। यसपछि पार्टी थप संस्थागत र परिपक्व चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।

महाधिवेशनमा ४ हजार २०० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएका छन्। प्रस्तावअनुसार केन्द्रीय समितिमा १५१ सदस्य निर्वाचित हुनेछन् भने सात जना प्रदेश सभापति पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

निर्वाचन प्रक्रिया दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्य चयन गरिनेछ भने दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरूबाट पदाधिकारी चयन हुनेछ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ। विदेशमा रहेका प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ। भोलिदेखि निर्वाचन प्रक्रिया सुरु भई पर्सि मतदान सम्पन्न हुने कार्यक्रम रहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा
राजनीति

स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

साउन २८, २०८३
जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले
राजनीति

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

साउन २८, २०८३
प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग
राजनीति

प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग

साउन २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

साउन २८, २०८३
जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

साउन २८, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनको भाउ घट्यो, चाँदी बढ्यो

साउन २८, २०८३
नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप

नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप

साउन २८, २०८३
वेदकोटमा वृक्षारोपण गरेर मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस

वेदकोटमा वृक्षारोपण गरेर मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस

साउन २७, २०८३
कञ्चनपुरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साइकल र्‍याली

कञ्चनपुरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साइकल र्‍याली

साउन २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व