आज सुनचाँदीको भाउ सामान्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ३५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
हिजो चाँदीको भाउ तोलाको ४ हजार ९८० रुपैयाँ थियो। आजको कारोबारसँगै सुनचाँदी दुवैको मूल्यमा हल्का गिरावट देखिएको हो।










Discussion about this post