आज नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि सोमबार सुनको भाउ एकैदिन ५ हजार रुपैयाँले वृद्धि हुँदै प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ पुगेको थियो।
हप्ताको पहिलो कारोबार दिन आइतबार पनि सुनको मूल्य बढेको थियो, जसले सुन बजारमा लगातार उकालो प्रवृत्ति देखाएको छ।
यता चाँदीको भाउ भने आज प्रतितोला २५ रुपैयाँले घटेको छ। मूल्य घटेसँगै चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
यसअघि सोमबार चाँदीको मूल्य प्रतितोला १२० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको थियो। आइतबार भने चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।
सुनमा लगातार वृद्धि देखिए पनि चाँदीको मूल्यमा भने आज सामान्य गिरावट आएको छ।










Discussion about this post