नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार १०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। लगातार दोस्रो दिन सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो।
त्यस्तै, चाँदीको भाउ पनि आज तोलामा ९० रुपैयाँले घटेको छ। हिजो तोलाको ४ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट










Discussion about this post