Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २८, २०८३
श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बुटवल, जेठ २७ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना तथा श्रम तथा रोजगार कार्यालय बुटवलको सहकार्यमा ‘असल श्रम सम्बन्ध स्थापना तथा श्रम कानुनको कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा श्रम कानुनको प्रभावकारी कार्यान्वयन, औद्योगिक शान्ति स्थापना तथा श्रमिक–रोजगारदाता सम्बन्ध सुदृढीकरणका विविध पक्षमा छलफल गरिएको थियो। कार्यक्रममा रुपन्देही तथा आसपासका क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमका मुख्य वक्ता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम सम्बन्ध शाखाका उपसचिव गगनसिंह विष्टले असल श्रम सम्बन्ध स्थापना, अन्तर्राष्ट्रिय अभ्यास, विद्यमान चुनौती तथा श्रम विवाद समाधानका उपायबारे विस्तृत प्रस्तुति दिएका थिए। उनले प्रतिष्ठान र श्रमिक दुवैको हितका लागि प्रचलित श्रम कानुनको अक्षरशः पालना हुनुपर्नेमा जोड दिए।

उपसचिव विष्टले श्रम विवादलाई अदालती प्रक्रियामा लैजानुभन्दा आपसी संवाद, मध्यस्थता तथा सामूहिक सौदाबाजीमार्फत कार्यस्थलमै समाधान गर्नु उपयुक्त हुने बताए। उनले अन्तर्राष्ट्रिय श्रम बजारका असल अभ्यासलाई नेपाली परिवेशअनुकूल कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै रोजगारदाता र श्रमिकबीच सौहार्दपूर्ण सम्बन्ध कायम हुनुपर्ने धारणा राखे।

त्यसैगरी, श्रम तथा रोजगार कार्यालय बुटवलका सूचना अधिकृत ऋषिराम पन्थीले श्रम सुरक्षा, कानुनी व्यवस्था तथा श्रमसम्बन्धी समसामयिक विषयहरूबारे जानकारी गराएका थिए। उनले कार्यस्थलमा श्रमिकको सामाजिक सुरक्षा, स्वास्थ्य तथा व्यावसायिक सुरक्षा सुनिश्चित गर्नु रोजगारदाताको कानुनी दायित्व भएको उल्लेख गरे।

सूचना अधिकृत पन्थीले न्यूनतम पारिश्रमिकको कार्यान्वयन, सुरक्षित कार्य वातावरण, श्रम अडिट, श्रम विवाद निरुपण प्रक्रिया तथा श्रम कार्यालयको समन्वयकारी भूमिकाबारे पनि सहभागीहरूलाई जानकारी गराएका थिए। कानुनी प्रावधानबारेको अज्ञानता वा कमजोरीका कारण उत्पन्न हुने समस्यालाई न्यूनीकरण गर्न श्रम कार्यालयले निरन्तर अनुगमन र सहजीकरण गरिरहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

कार्यक्रमको अन्तिम सत्रमा खुला छलफल गरिएको थियो। सहभागीहरूले श्रम कानुनको व्यावहारिक कार्यान्वयनमा देखिएका चुनौती र समस्याबारे जिज्ञासा राखेका थिए। उठेका प्रश्नहरूको उपसचिव विष्ट र सूचना अधिकृत पन्थीले कानुनी तथा व्यावहारिक स्पष्टता दिँदै जवाफ दिएका थिए।

कार्यक्रममा विभिन्न ट्रेड युनियनका प्रतिनिधि, बुटवल उद्योग वाणिज्य संघका पदाधिकारी तथा रोजगारदाताहरूको उपस्थिति रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि
अर्थ/ब्यापार

सुनको भाउ आज तोलामै ५ हजार १०० रुपैयाँले घट्यो

जेष्ठ २८, २०८३
सुनको मूल्यमा गिरावट, तोलामै १० हजार १०० रुपैयाँ घट्यो
अर्थ/ब्यापार

सुनको मूल्यमा गिरावट, तोलामै १० हजार १०० रुपैयाँ घट्यो

जेष्ठ २७, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च
अर्थ/ब्यापार

सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

जेष्ठ २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

सुनको भाउ आज तोलामै ५ हजार १०० रुपैयाँले घट्यो

जेष्ठ २८, २०८३
फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै

फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै

जेष्ठ २८, २०८३
श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न

श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न

जेष्ठ २८, २०८३
जीवन ज्योति माविमा बालिका शिक्षा कार्यक्रमको समीक्षा, उपलब्धि उत्साहजनक

जीवन ज्योति माविमा बालिका शिक्षा कार्यक्रमको समीक्षा, उपलब्धि उत्साहजनक

जेष्ठ २८, २०८३
भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री

भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री

जेष्ठ २७, २०८३
विपद् व्यवस्थापन प्रणालीलाई मजबुत बनाउन एआईको प्रयोग: पुनर्वास र लालझाडीको लागी ‘AI4Ready’ कार्यशाला

विपद् व्यवस्थापन प्रणालीलाई मजबुत बनाउन एआईको प्रयोग: पुनर्वास र लालझाडीको लागी ‘AI4Ready’ कार्यशाला

जेष्ठ २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व