बिहीबारदेखि लगातार ओरालो लागेको सुनको भाउ आज फेरि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले वृद्धि भई ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २० रुपैयाँले बढेर ४ हजार ९२५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।










Discussion about this post